माघे सक्रान्ती
कविता
थाहा छ सक्रान्ती चाड र पर्व
बुझ्दैन कसैले प्रदेशको मर्म
कामैले पेल्छ यो मेरो कर्म
सोच्दछु काम यो मेरो धर्म
पुसमा पाकेको त्यो मिठो तरुण
सन्चै छ छोरा ,घरमा चिन्ता नगरुण
त्यो कालो तिलको के गुलियो लड्डु
जति चिन्ता होस खादिन के खड्डु
आगोमा पोलेको त्यो हिउदे आलु
केही बर्ष पर्ख लिन आउछु कालू
कुट्दै छौ होला सेल पकाउने पिठो
दिदैन साहुले घर जान छिटो
पाकयो होला आमा, हाडीमा सुटुनि
गन्दैछु दिनहरु कहिले होला भेटहुनि
कति कडा चाखु कति राम्रो सखर
किन आतिन्छौ आमा आएकोछु भर्खर
कति बाक्लो दूधको त्यो मीठो खिर
माठो किन्नु पर्ला है घर मुन तिर
देखेछु सपना निधारमा तिल
कोट्याउनु पर्दैन अब दुख को खिल
अल्छीले माघ १ गते नुवाउथे जिउ
कुन ठाउँ हो आमा हिउँ नै हिउँ(कोरिया)
पुसमा पकाउने माघमा खाने
ए ,ढिलो पो भएछ म ड्युटी जाने