बरफको सन्तान भएर
कविता
जाडोको बाउ
जाडोको माउ
सबै कोरियामा थुप्रीन्छ
मङ्सिर पुस माघ महिनाहरु
बरफ भएर दिनरात गुजारिन्छ!
युवाहरु काममा जोशले खट्न
बाध्य हुन्छ्न
बरफको सन्तान भएर
यै मौसममा कोरियन सोजु मेग्जु
पिएर जाडो हटाउन खोजिन्छ!
साथी पनि पिउने नै रोजिन्छ!!
स्वस्थ्यको लागि खराव भए पनि
दवाइको लागि चढाइन्छ मुख हुँदै पेटमा
एक रति जाडो पक्कै हटाउछ !
एक रति गफ पक्कै बढाउछ !!
कोरियाको सोजु मेग्जुको
कमाल ले कहिले कहिँ त
बबालै पो हुन्छ
सोजुको रातो बिर्को हरियो बिर्को
मेग्जु क्यानको बिर्को जम्बोको बिर्को
कम्पनिमा खेल्ने हातले खोली
गिलासमा चढाए पछि
थोरै भए पनि जोस आउँछ!
थोरै भए पनि सोच आउँछ!!
गफ बढाउछ रात छोटाउछ!
बिदा घटाउछ ज्यान तताउछ!!
कहिँ प्रीयसिको यादले सताउछ!!!
के के हुन्छ हुन्छ! मन हल्का रुन्छ!!
तेति बेलै पो आफ्नो गफ साथीले सुन्छ!!!
र जोड्ले कराउछ भोलि त
साजाङ्लाई सिधै पत्र माग्छु माग्छु
कसम होला लु मरि जाउ
नशाले जोश थपिदिन्छ!
नशाले मन्त्र जपिदिन्छ!!
नबोल्ने बोल्ने बनाइदिन्छ!
नखोल्ने खोल्ने बनाइदिन्छ!!
कोरियन सोजुले यस्तै यस्तै
के के बनाइदिन्छ
नजान्ने जान्ने बनाइदिन्छ!
नमान्ने मान्ने बनाईदिन्छ!!
माइनस जाडोलाई
प्लस बनाइदिन्छ
भाषा नजान्नेलाई नि
हल्का जान्ने बनाइ दिन्छ
प्राय शनिबारको रात
कोरियन सोजु मेग्जु र युवाहरु
भेट भइ सम्बन्ध साटिन्छ
अनि हप्ता भरिको
थकान तनाव मेटाइन्छ हटाइन्छ
जाडो हट्छ कि सोजुको
शक्ति बढ्छ त्यो रात
गित गाइन्छ! गफ लाईन्छ!!
के के गरिन्छ रातभर
सोजुको नशामा डुबेर
रात हुदैन त्यो रात अबेर
भोलि आईतबार त हो
१०बजे सम्म सुते पनि
आफ्नै दिन त हो
मस्त केही कष्ट दुखाइ
सबै सोजु मेग्जुले
बिर्साई दिन्छ रात अबेर
बिहानी पख सुतिगइन्छ
दिनले काममा जान अबेर पो भो कि
भनी ब्युझाइ दिन्छ मुटु ढुक ढुक बनाइदिन्छ
आइतबार बजार भ्याए गइन्छ
त्यो रात भनिन्छ। भोलि काम छ ढल्नु छ
मरि मरि काममा डल्नु छ
मनमा के के सोचि बेहोशी यात्रा चल्छ
निन्द्राको अचेत सन्सारमा सवार भएर
आहाले ३ धनकुटा
हाल दक्षिण कोरिया