वुमन फर वुमनको अधिवेशन फेब्रवरी २६ मा हुने
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था वुमन फर वुमनको चौथो अधिवेशन आगामी फेब्रवरी २६ तारिखमा हुनेभएको छ । वुमन फर वुमनको गत आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
अधिवेशनमा संस्थाका प्रगति र आर्थिक प्रविबेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र विधानको बिवादित विषयबारे छलफल गरिने अध्यक्ष मल्लिका थकालीले बताइन् । साथै चौथो नयाँ कार्यसमितिको चयन पनि गरिने छ ।
अधिवेशन सउलको नेपाल हाउसमा गरिने निर्णय गरिएको छ । सो दिन कोरियामा अन्य संघ संस्थाले कार्यक्रम नजुधाई दिनहुन अध्यक्ष थकालिले आग्रह गरेकी छिन् । सन २०१० मा स्थापित वुमन फर वुमनको यो चौथो अधिवेशन हो ।