Advertisement
SKIP THIS

कोरियामा नेपालीको आफ्नै गुम्बा


सोल,

विश्वमा छरिएका नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ , त्यहा नेपाली कला संस्कृती र धर्मको जग पनि बस्दै गएका छन् । विदेशमै परिवार सहित बर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्यु जस्ता धार्मिक संस्कार अनुसरन गर्न असहज स्थिती उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौ पुग्छन त्यहा मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् ।

यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालै सउल नेपाली गुम्बाको स्थापना गरेको छ । डेढ दशक भन्दा बढी कोरियामा बस्दै आएका बौद्ध लामा गुरु कुन्साइ० दोर्जे लामाको नेतृत्वमा सो गुम्बाको स्थापना भएको हो ।

२०१६ नोभेम्बर २६ तारिखबाट संचालनमा ल्याएका सो गुम्बाको जनवरी ८ तारिख औपचारीकरुपमा उद्घाटन गरिएको छ । राजदूताबासका कार्यबाहक राजदूत किरण शाक्यको उपस्थितीमा गुम्बा उद्घाटन गरिएको थियो ।

बुद्ध धर्मका प्रवर्दक गौतम बुद्ध नेपालमा जन्मेको हो भन्ने प्रमाण दिन र नेपाली कला र संस्कृतीलाई कोरियामा पहिचान गराउन पनि गुम्बाको स्थापना गरिएको प्रमुख लामा कुन्साइ०ले बताए । साथै कोरियामा नेपाली चाप बढ्न थालेपछि नेपालीहरुको जन्म, मृत्यु र शान्ति पुजा जस्ता धार्मिक संस्कार पुरा गर्न गुम्बाको स्थापना गरिएको गुरु लामाले थपे ।

कोरियामा आपत विपदमा परेका नेपालीहरुलाई खान बस्नदेखिको सुविधा उपलब्ध गराउने लामाले बताए । कोरियामा गौतम बुद्ध जन्मेको देश कपिलवस्तु भारतमा पर्छ लेखिएको पुस्तक स्वयम बौद्ध मार्गीहरुले नै पढ्ने गरेको तितो अनुभूति सुनाए लामाले ।

कोरियाका बौद्ध संघसंस्थाबाट सहयोग लिएर गुम्बा संचालमा ल्याएपनि अब यसलाई अगाडी बढाउन र फैलाउन नेपाल सरकार र कोरियामा रहेका नेपाली समुदायहरुलाई सहयोग गर्न लामाले आग्रह गरेका छन् ।

गुम्बामा नेपाली कला झल्कने थान्का र मण्डलाको प्रचारप्रचार गर्ने र नेपाली कला र संस्कृती अनुसार पुजा पाठ गरिदिने लामाले थपे । कोरियामा व्यवस्थ कामका बावजुद स्वयम उपस्थित हुन नसकेपनि विद्युतिय संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरी पुजा पाठ गर्न आफूहरु तयार रहेको लामाले स्पष्ट पारे ।

हाल घर भाडामा लिएर संचालनमा ल्याएको गुम्बामा ३ फिट ३६ इन्चको बुद्धको प्रतिमा राखिएको छ । ७ करोड वनको लागतमा गुम्बा शुरुवात गरिएको छ । कोरियामा रहेका विभिन्न नेपाली समितीहरुको प्रतिनिधी सहित ११ सदस्यीय गुम्बा संचालक समिति बनाइएको छ ।

समितिको अध्यक्षमा ह्योल्मो सम्पर्क समितीका इ०वाइ० दोइ०पा , नेपाल बौद्ध परिवारका रमेश श्रेष्ठ, मनाइ० परिवारका प्रकाश लामा सचिव, मुस्ताइ० परिवारका ज्ञान गुरुइ० कोषाध्यक्ष र सुरज गुरुइ० संचार विभाग हेर्छन् । सदस्यहरुमा नेपाल तामाइ० संघका उइना सिंह तामाइ०, तमुधिका प्रदिप गुरुइ०, शेर्पा संघका दावा रिन्जीइ० शेर्पा , नेवापुचका निर्मल महर्जन, बुद्धीजिवी तामाइ० संघका रविन तामाइ० र नुप्री समाजका निमा धोन्डुप रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...