दक्षिण कोरिया स्याङ्गजा परिवारले आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी गरेको छ । सलनालको दोश्रो दिन अर्थात जनवरी २८ मा गरिने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिवारले जनाएको छ ।
मनोरञ्जनात्मक कार्यक्रम मार्फत संकलित बचत रकम स्याङ्गजा जिल्लामा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परिवारले स्पष्ट पारेको छ । आमन्त्रित कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने परिवारले बिश्वाश दिलाएको छ । नृत्यन्गना एलिसा राई ,गजल तथा आधुनिक गायक शिव परियार,पप गायिका आस्था राउतले आफ्ना प्रस्तुति पस्कनेछन । साथै लोक गायक र शिव हमाल र कृष्णा गुरुङले दोहोरि सबाल जवाफ मार्फत चिसो मौसमलाई तताउने छन । हास्य कलाकार निर आले मगरले कार्यक्रममा थप रौनक ल्याउनेछन ।
कलाकारहरुको भिषा प्रक्रिया अन्तिम चरणमा पुगेको परिवारले जानकारी गराएको छ । दर्शकहरुको सुबिधाको लागि तोंगदेमुनबाट कार्यक्रम हल पुग्नको लागि १२ बजे देखि ४ बजेसम्म दुइ वटा गाडीको निरन्तर व्यवस्था गरिएको छ । उपस्थिति संख्यालाई मध्यनजर गरि अमित रानाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ । पहिलो लटमा प्रिन्ट गरिएको दुइ हजार प्रति टिकटमा अधिकांश बिक्रि भइसकेको कार्यक्रम मूल आयोजक समितिका अध्यक्ष धर्म गुरुङले जानकारी गराए ।
सांगीतिक सौगातमा स्थानीय कलाकारको प्रस्तुतिले थप मनोरञ्जन दिलाउने परिवारको तयारी छ । सास्कृतिक बिभाग प्रमुख सिपि मगरका अनुसार कोरियामा रहेका कलाकारहरुले प्रस्तुत गर्ने नृत्यको तयारी सकिएको छ ।