नुवाकोट समाज कोरियाको भेला जनवरी २८ मा
फोनिज कोरिया संवाददाता
आउदो सलनालको अवसर पारेर नुवाकोट समाजले प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न स्थानमा रहेका सम्पूर्ण नुवाकोटवासी सँग साधारण परिचयात्मक तथा भेटघाट कार्यक्रम राख्ने भएको छ।
रंजन राज कुँवरको अधक्ष्यतामा २०१४ सालमा आधिकारिकरूपमा गठन भएको यो संस्थाले छोटो अवधिमा निकै लोकप्रियता कमाएको छ । अन्य संघसंस्थासंग सहकार्य र समन्वय गरी सेवामूलक कार्य गर्दै आएको छ।
छोटो अवधिमा समाजले नुवाकोट शेल्टर खोलेर बेरोजगार तथा असक्त व्यक्तिहरूकोलागी बसोबासको ब्यवस्था गरेको छ । स्मरण रहोस उक्त शेल्टर सोल स्थित दुगंदेमुन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि सीजांगमा रहेको छ।
जनवरी २८ तारीख बिहान १० बजे दुगंदेमुन स्थित शुभेक्षा मार्टमा हुने कार्यक्रममा समाजको सदस्यता कार्ड वितरण साथसाथै संस्थाको आगामी दिनको योजना बारे छलफल हुने सचिब जनक पण्डित ले बताए । उक्तदिन देहाएबमोजिमको स्थानमा अनिवार्य उपस्थितिकोलागि नुवाकोट समाजका वर्तमान अधक्ष्य सोम वाईबाले आह्वान गर्नु भएको छ।
असमर्थता को लागी
अध्यक्ष – शोम वाइवा तामाङ – ०१०२९९११९७४
सचिव – जनक पन्डित – ०१०४१४८२६६०