सुनको फाली नाघेर फलाम उचालीरहेछौं


डोलु आले मगर
‘नेपालमा बसेर के गर्नु यार ?’ प्राय अहिलेका बेरोजगार युवाहरु सबैले भन्ने गरेको वाक्य हो यो । हुन पनि हो आजको हरेक युवाहरु आफ्नो देशमा बसेर के गर्ने अन्योलमा छन् । देशमै केहि गरौँ भन्ने सोच भएकाले पनि  कुनै गोरेटो देख्न र भेट्न सक्दैनन। ‘पढेर पनि के गर्नु आखिर सर्टिफिकेटले खान नदिने रहेछ |’ ११-१२ पढ्दै गर्दा धेरैको मुखमा झुण्डिएर बस्ने वाक्य यहि हो ।

कतै जागिरको लागि आवेदन खुले पनि सोर्स-फोर्स चाहिन्छ । आफ्नो त कुनै नातेदार छैन त्यसको लागि । यी सब झन्झट बेहोर्नुभन्दा बरु विदेश लागे हुन्छ । कतै जागिरको लागि अवसर छैन । भेटिए पनि ९-१० हजारको जागिरले के गर्नु? आफ्नै व्यवसाय गरौँ केहि भन्दा पनि के गर्नु ? न वातावरण छ, कहिले बन्द हड्ताल, न बजार व्यबस्थापन। कहिले के कहिले के।

हो, आजका अधिकांश युवाहरुले आफ्नो भविष्य नेपालमा देखेकै छैन, देख्दैन सत्य चपाएर हुदैन । बाहिर जतिसुकै राष्ट्रभक्ति र देशप्रेमको कुरा गरे पनि आखिर भित्रि चाहना र बाध्यता उसलाई पासपोर्ट बोकेर विदेशमा धेरै धन कमाउन बाध्यताको रहर छ। सकेसम्म अमेरिका, युरोप, अस्ट्रेलिया,क्यानाडा जापान छिर्न पाए र उतैतिरको पी.आर बोक्न पाए हामीलाई झनै ठुलो गर्व लाग्छ। अनि उतै बसेर नेपाली हुनुको गर्व गर्छौं। तर त्यहाँ पुग्न सक्ने हामी धेरै नेपालीको आर्थिक हैसियत छैन। हैसियत हुनेहरु त लाखौं खर्चेर पुग्छन। तर हामी निम्न स्तरको मान्छेहरु लाख डेढलाख ऋण काढेर खाडी , मलेसिया र कोरिया लाग्नुको विकल्प छैन । भारतको शहरहरुमा धाउनुको विकल्प छैन । तर भारतीयहरु नेपालको गल्लिगल्लीमा शैलून खोलेर सम्मानपुर्वक काम गरेको हामीले देखेका छौं |

हामी नेपाल हुँदासम्म कहिले विदेश गएर धन कमाउने भन्ने आतुर हुन्छौं । मानौ त्यहाँ पैसा फल्ने रुख छ। नहोस पनि कसरि पल्ला घरे दाइ विदेश गएर कमाए शहरमा घर घडेरी जोडे । अचेल छोरो घरमै छ भनेपछि फल्नाको छोरो बिग्रियो भन्छन्। अनि विदेश छ भने पछी कमाइ होस् या नहोस् फल्नाको छोरोले विदेश गएर कमाइ गरेको छ तँ लाठे हल्लिएर हिंड। बाबु आमाको गाली पनि सुन्न पाइन्छ । नेपालमै बसेर केहि गर्छु भन्यो भने सुको साहुले पत्याउदैन। अनि विदेश जाने भने पछी लाख गनेर दिन्छन्।
नेपालमा गाउँतिर एक भारी डाले घाँस काटेर दिउसोभरि हल्लिएर हिड्ने अनि साँझ आमालाई डालेर खानेहरु, केहि गह्रौं कामहरु खनजोत गर्ने अरुबेला ढलेको सिन्को नउठाउनेहरु र शहर बजार तिरका त झन आमा दिदीबहिनीलाई चिया पनि वेडमै ल्याउन लगाउनेहरु विदेश आएर १२-१३ घण्टा काममा जोतिए पछि  बल्ल चेतछन् । अनि यति दुख गर्ने हो भने त नेपालमै सुन फल्छ। अब नेपालमै गएर दुख गर्नु पर्छ, नेपालमै बसेर केहि गर्नुपर्छ। यति समय काम गर्ने हो भने नेपालमा के छैन ? हामी सपना देख्छौं र विदेश रहुन्जेल कहिले नेपाल फर्कौं र के के नै गरौं जस्तो लाग्छ।

जब नेपालको एयरपोर्टमा हामी ओर्लन्छौं तब फेरी ति सुन फल्ने खेतबारीमा वनमारा र तितेपाती फुलेका देख्छौं । विदेशमा दुख गर्दा नेपालमा सुन फलेको देख्ने आँखाहरुले असम्भव मात्र देख्छौं। चारैतिर सम्भावनाको द्वारहरू बन्द हुन्छन् । गर्नेहरुले त गरेकै छन् नेपालमै पनि तर अधिकांश हामीलाई आफै उद्यमी बन्नु भन्दा राम्रो जागिरको चिन्ता हुन्छ। त्यसपछि भोलिका दिनदेखि फेरी उही सपना हुन्छ फेरी विदेशको यात्रा। खुरुखुरु काम गर्यो महिना मरे तलब आउंछ अरु चिन्ता छैन। ‘नेपाल हुँदा कहिले विदेश जाउँ जस्तो विदेश आयो कहिले नेपाल फर्कौं जस्तो।’

हाम्रा खेतवारीहरु बाँझा छन्। वनमाराले ढाकिएका छन्। हामि दीर्घकालीन   परनिर्भरता उन्मुख बन्दै गएका छौं। त्यो दिशा तर्फ लैजाने कामको दोष मेरो पनि छ । तर विकल्प के ? हाम्रा नेताहरुले कृषि क्रान्तिका कुरा गरेका सुन्छौं, भाषण सुन्छौं तर हलो र कोदालोले कृषि क्रान्तिको सपना देख्नु साइकलमा चढेर चन्द्रमा पुग्ने सपना देख्नु जस्तै हो  । हाम्रो देश कृषि प्रधान देश, जहाँको हामी विदेश आउँदा धान रोप्ने मेशिन देखियो भने अनौठो लाग्छ। धान काट्ने, मेशिन देखियो भने अजीव मानेर हेर्छौं। नेताहरुको कृषि क्रान्तिको कुरा सुनेर ताली मार्छौं। वर्षेनी १२ अर्ब भन्दा बढीको धान आयात गर्छौं। करोडौंको खुर्सानी आयात गर्छौं। अनि खेती योग्य जमिन कोहि प्लाटिङ त कोहि बाँझा । सायद यहि होला कृषि क्रान्ती।

देशको नेतृत्व गरेकाले विकास र सम्मुनातिको बाटोमा लाने स्पस्ट रोडमोडेल नबनाएसम्म युवा वा जनता कुहिरोमा हराएको काग जस्तै अलमलिनु स्वाभाविकै हो । तर पनि हामीले अब नेपालमै प्राप्त हुने सानोसानो सम्भावनालाई सदुपयोग गर्न सक्नुपर्छ । आज देशमा ९० प्रतिशत युवाहरु बेरोजगार छन्। नेपालका शिक्षणसंस्थाहरु एउटा बेरोजगार युवाहरु उत्पादन गर्ने फ्याक्ट्री जस्तो भएको छ। अनि नेपाल ती  युवाहरु सप्लाई गर्ने बहुराष्ट्रिय कम्पनि जस्तो देखिएको छ । अब  देशमा युवाहरु धेरै अल्मलिने र विदेशिन रोक्नुपर्छ | नेपालमा बसेर के गर्नु यार भन्नुपर्ने निराशाको कालो बादल फटाउनुपर्छ |  नेपालमै सम्भावना र अवसरको ढोकाहरु प्रसस्त छन् | ती अवसर र सम्भावनाहरु हाम्रा लागि सुनका फाली हुन् तर हामी ती सुनको फाली नाघेर बिदेशमा फलाम उचाली रहेका छौं |
क्याक्मी-८ ओम्जर स्याङ्जा
हाल-दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...