Advertisement
SKIP THIS

समानता श्रेष्ठको अमेरिकी हत्यारालाई ८५ बर्षको सजाय


विजय थापा
वाशिंगटन डिसी-नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ l हिजो जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्लाक्सबर्गले सजाय तोकेको छ l

अदालतमा सुनुवाई बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने वादी र प्रतिवादीका वकिलहरुले लामो समय सम्म बहस गरेका थिए l गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो l

 

 

हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित  ब्लाक्सबर्गका स्थानिय बासिन्दा भएको प्रहरीले पनि प्रहरीले जनाएको थियो l अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा निकै नेपाली बिद्यार्थीहरु अध्ययन गर्छन l

मुख्य अभियुक्त जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको प्रहरीले जानकारी गराएको थियो भने समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन ।

उक्त सुनुवाईमा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहान देखि नै घुईचो लागेको थियो l घचाखच भिड भएकोले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकि पूर्व अध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णु कुमारी थापाले जानकारी गराईन l
वादी र प्रतिवादीका वकिलहरूले लामो समय सम्म बहस गरेको जानकारी गराउदै यस्तो प्रभावकारी बहस आफुले जीवनमा पहिलो पटक अमेरिकामा देखेको थापाले बताईन l न्यायाधिसले मुख्य अभियुक्त हत्यारा जेसिका मिशेल विङ्गले ४५ बर्ष सम्म सजाय काटे पछि उसका आचरण ,ब्यबहार ,अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनि मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधिसले फैशला समेत गरेका छन् l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...