कोरियन मन र सदभावनादूतको प्रसङ्ग


राजाराम बर्तौला

समाचारमा आए वमोजिम नेपाल सरकारको पर्यटन मन्त्रालयले विभिन्न मुलुकहरुमा सद्भावनादूत नियुक्त गरेको छ । भूकम्पपश्चात यसको असर पर्यटन व्यवशायमा पर्न जाने सम्भावनालाई दृष्टि गरी गरिएको यस प्रकारको निर्णयलाई सकारात्मक मान्न पर्दछ । आ-आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेका र राष्ट्रिय जीवनमा प्रतिष्ठा हासिल गरेका यस किसिमका सद्भावनादूतहरुबाट नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रयास हुने छ भन्ने विश्वास गरौं ।

नेपालमा हालै गएको त्रासदीपूर्ण विनासकारी महाभूकम्पले नेपालीहरुलाई अविस्मरणीय चोट र घाउ दिएर गएको छ । यस प्रकृतिक विपतमा उद्धार कार्यको लागि संसारभरीबाट नेपाल र नेपालीहरुको लागि राहत सामग्री सहित सहयोगि हातहरु अघि बढिरहेको अवस्था छ । मानवीय समवेदनाको यस दुःखद घडीमा मनकारीदाताहरु आफूले सकेको सहयोग गर्दै छन् ।

विपद्को समयमा सम्झिईने भनेको मित्रहरु नै हुन् । त्यसै त मर्दा र पर्दाको साथी पो साथी भनिन्छ । हाम्रा छिमेकी मित्रराष्ट्रहरु भारत र चीनले जसरी विपद् व्यवस्थापनमा उद्धार र राहत कार्यमा सहयोग गरे त्यो गुन नेपालीहरुले विर्सने छैनन् । अन्य मित्रराष्ट्रहरु ईजरायल, अमेरिका, बेलायत, क्यानाडा, जापान, कोरिया, बंगलादेश, पाकिस्तान, रसिया लगायत अन्य धेरै राष्ट्रहरुबाट पाएको सद्भाव र सहयोग अतुलनीय र अविस्मरणीय रह्यो ।

नेपालमा गएको महाभूकम्पले ल्याएको प्रलय र विपद् विश्वभरीका सञ्चार माध्यमहरुले सदृष्य समाचार प्रचार गर्न थालेपछि यसको विनासलिला प्रत्येक दर्शक समक्ष पुग्यो । नेपालको लागि प्रार्थना गर्ने र समवेदनाको ओईरो लाग्न थाल्यो भने मनकारी दाताहरुबाट सहयोग रासीको घोषणा हुन थाल्यो । विशिष्ट राष्ट्रिय ब्यक्तित्व देखि प्रतिष्ठित समाजसेवी, सिने क्षेत्र लगायत खेल जगतका अन्तराष्ट्रिय सेलिब्रेटीहरुबाट आर्थिक सहयोग गर्ने घोषणा भएको समाचारहरु छापाहरुमा पढ्न पाईयो । फुटवलका चर्चित खेलाडि क्रिश्चियनो रोनाल्डो र भारतीय चर्चित सिनेअभिनेता सलमान खानले ठूलो रकम घोषणा गरेको खवर वाहिर आयो तर पछि उक्त खवर सत्य नभएको पुष्टि भयो । कसैलाई सहयोग गर्ने नगर्ने भन्ने कुरो व्यक्तिगत स्वतन्त्रताको कुरा भएकोले भारतीय सिने कर्मीहरुले नेपालको भूकम्पपिडितहरुलाई सहयोग गर्नै पर्छ भन्ने छैन । भारतीय सरकारबाट पाईरहेको सहयोग नै प्रसंशनीय रहेको हुंदा भारतीय जनताप्रति नेपालीहरुको सदभाव रहेकै छ । जनस्तरबाट हुने सहयोगको विशिष्ट अर्थ रहने हुंदा भारतीय दिदीवहिनीहरुले विपद्मा परेका नेपालीहरुको लागि पठाएको तातो रोटीले हाम्रो सांस्कृतिक सम्वन्धहरुको घनिष्टता देखाएकै छन् ।

नेपालमा भारतीय सिनामाको ठूलो प्रभाव छ र त्यहां चर्चित सिने नायक तथा नायिकाहरुको ठूलो संख्यामा नेपाली युवायुवतिहरु प्रशंसक छन् । त्यसैले पनि होला यस विपतको समयमा नेपाली युवायुवतिहरुले भारतीय सिने कलाकारहरुबाट सहयोगको अपेक्षा गरेका । यसमा नेपाली युवायुवतिहरुले चित्त दुःखाउनु पर्ने कारण छैन । किनभने भारतीय सिने जगतका शिखर व्यक्तित्व र असंख्य नेपाली कलाकारहरुका आदर्श श्री अमिताभ बच्चनले सहयोग रासी घोषणा गरेर भारतीय सिने जगतको ईज्जत राखिदिएका नै छन् । चीनतर्फबाट पनि प्रसिद्ध सिने कलाकार जेकी चाङले पनि एक लाख अमेरिकी डलर सहयोग घोषणा गरेको समाचारमा आएको छ ।

 

नेपाल र कोरिया भौगालिक रुपमा हजारौं माईल टाडा भएपनि मित्रराष्ट्रहरु हुन् । जनस्तरको सम्वन्धहरु पनि सामान्य सोचाई भन्दा फरक रहेछ भन्ने कुरा भूकम्पको पिडामा लाखौं नेपाली आहत हुंदा त्यसको छटपटि कोरियामा पनि देखियो । न नेपालमा कोरियन सिनेमा नै देखाईन्छ न त ठूला धनरासी भएका खेल प्रतिस्पर्धा । तर पनि यहांका सिनेकलाकार, खेलाडीहरुको नेपालप्रति रहेको स्नेह र सद्भाव यस पटक पोखिएको देखियो । नेपाल पिडामा पर्दा यहांका सेलिब्रेटीहरुले खुला मनले दानपात्रमा दान गरेका छन् । यद्यपी प्रदान गरिएका दानहरु युनिसेफ, युएनएचसीआर, कोरियन रेडक्रस, वोल्र्ड भिजन, अमेरिकन रेडक्रस, वाल कोष कोरिया, गुड नेवर्स, ओम होङ गिल फाउन्डेशन, केएफएचआई मार्फत गरिएका भएपनि अन्ततः ती सहयोगहरु नेपालमा पुग्ने नै छन् ।

स्केटिङमा ओलम्पीक च्याम्पियन सुश्री किम युना, कलाकार मोडेल श्री लि मिन्हो, प्रोड्युसर श्री याङ ह्युन सुक, कलाकार श्री जङ्ग वु सङ्ग र श्री लिम ह्युङ जु ले क्रमशः अमेरिकी डलर १ लाख, कोरियन वोन १०० मिलियन, कोरियन वोन १०० मिलियन, कोरियन वोन ५० मिलियन र अमेरिकी डलर ५० हजार नेपालको भूकम्प पिडितहरुको सहयोगको लागि युनेस्को मार्फत सहयोग गरेका छन् । त्यसैगरी, कलाकार श्री किम बो सुङ्ग ले कोरियन वोन १० मिलियन र कलाकार सुश्री किम हे जा ले कोरियन वोन १०० मिलियन वाल्र्ड भिजन कोरिया मार्फत सहयोग प्रदान गरेका छन् । केपप ग्रुप “गर्लस् डे” ले कोरियन वोन १० मिलियन कोरियन रेडक्रसलाई प्रदान गरेका छन् भने गल्फर श्री चोय क्युङ जु ले एक लाख अमेरिकी डलरको सहयोग अमेरिकन रेडक्रसलाई हस्तान्तरण गरेका छन् । टिभी शो होस्ट सुश्री पार्क जी युन ले कोरियन वोन २५ लाख, र कलाकार श्री सोङ ईल गुकले कोरियन वोन १०० मिलियन वाल कोष कोरिया मार्फत सहयोग प्रदान गरेका छन् । कलाकार सुश्री पार्क शीन हाईले कोरियन वन ३० मिलियन र गायक श्री किम दोङ्ग वानले कोरियन वोन ३६ मिलियन प्ँज्क्ष् भन्ने संस्था मार्फत सहयोग प्रदान गरेका छन् ।

ओम होङ गिल फाउन्डेशन विगत केही समयदेखि नेपालको ग्रामिण ईलाकामा स्कूल निर्माण गर्ने कार्यमा समर्पित संस्था हो । यस संस्थाका कार्यकारी निर्देशक श्री ओम होङ गिल विश्वका ८ हजार मिटर भन्दा अग्ला सवै हिमालहरु सफलतापूर्वक आरोहण गर्ने सफल पर्वतारोही हुन् । त्यसै गरी अर्को गुड नेवोर्स नामक कोरियन गैरसरकारी संस्था नेपालको विकासमा सामाजिक कार्यमा कार्यरत संस्था हो । ओम होङ गिल फाउन्डेशनका संस्थापक श्री ओम होङ गिलले एक लाख अमेरिकी डलर सहयोग घोषणा गरेका छन् भने उद्घोसक श्री छोई गि वानले कोरियन वोन १० मिलियन गुड नेवोर्समार्फत सहयोग प्रदान गरेका छन् ।

हालै नेपाल सरकारले ओम होङ गिल फाउन्डेशनका कार्यकारी निर्देशकलाई कोरियाको लागि सद्भावनादूतमा नियुक्त गरेर प्रशंसनीय कार्य गरेको छ । यस किसिमको नियुक्तिबाट नेपालमा भूकम्पपिडितहरुको लागि सहयोग गर्ने अन्य कोरियाली कलाकार र खेलाडीहरुले पनि आफूलाई सम्मानित गरेको सम्झने हुंदा यसको असर पर्यटन प्रवद्र्धनमा मात्र नभई भूकम्पपिडितको पुनर्वास तथा पुर्ननिर्माणमा समेत पर्ने छ ।

लेखक सोलस्थित नेपाली दूताबासका उपनियोग प्रमुख हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...