मनिप्लान्ट
भित्री गल्लिको छिडिमा छ
कोठा
जहाँ हाम्रो संसार
भुन्टी र मेरो ।
एउटा पुरानो प्लास्टिकको बाटा
जहाँ फोहोर पानी हालिन्छ
एउटा पुरानो प्रेशरकुकर
जहाँ दालभात गालिन्छ
एउटा पुरानो स्टोभ
मट्टितेल झन्डै सकिएर
ट्याङ्की माथी उचाल्न
टेको लगाएर राखिएको छ ।
अरु कुरा पनि छन् मेरो संसारमा
एउटा पुरानो खाट
जस्को खुटा हल्लिएकोले
इटाको बन्दिलो खुटा बनाएकोे छु
अनि केही थान कपडा छन
हामी दुनियाँसँग भेट्दा लाउँछौ
कतै केही परे पुरानाहरुको नयाँ लाउँछौ ।
केही नयाँ बोतलहरु छन्
भरखरै कसैले नयाँ नयाँ पेय पदार्थ खाएर
खाली गरेर गल्लिमा फालिएका
केही बर्ष पुराना पस्केर खाने थालहरु र कचौरा छन् ।
मेरी भुन्टीले सुनि छे
एकदिन कतै
एउटा बिरुवा हुन्छ
जसलाई कोठामा झङ्ग्याए
हाम्रो आम्दानी पनि आफै झङ्गिन्छ रे
झङ्ग्याउन गा¥हो पनि छैन
खाली दिन दिनै
अलि अलि पानी राखिदिए
पुगिहाल्छ रे ।
कतै बाट त्यो बिरुवा
खाजेर ल्याई
आफैले नखाइ राखेको रुपैयाले
नयाँ गमला किनेर लगाई
बिस्तारै त्यो झाङ्गिदै गयो ।
मेरो साहुजीले मलाई काम बाट निकाले
उनी त्यही सहुजीकोमा भुई पुच्थी
ऊ निकालिई
कारण कुनै थिएन
साहुको आफ्नै सोच थियो
ऊ लामोे समय कुनै कामदारलाई
काम लाउन चाहदैन थियो
हामीले काम गरेको पनि लामो समय भएछ
त्यसैले निकालियौं ।
कोठै भरी झाङ्गीयो
हेर्दै हाम्रो खाली स्टोभ, कुकर, थाल
र हाम्रा खाली पेटलाई
पानी हाल्न छाडेको हप्तौं भइसक्यो
तैपनि झाङगीन छाडेन
हेर्दै हाम्रो गरिबी
“मनिप्लान्ट” ।