मर्सबाट थप एकको मृत्यु,३५ जना संक्रकित
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा मे २० तारिखबाट फैंलिएको विल्कुल नयां रोग मर्सबाट संक्रमित थप एक जनाको मृत्य भएको छ । बिहिबार छुंगछंग प्रान्तको अस्पताल स्रोतले बताए अनुसार एक ८३ बर्षीय वुद्ध पुरुषको बुधबार राती १० बजे मृत्यु भएको जनाएको छ ।मर्सबाट संक्रमित बिरामीको थेजन एक अस्पतालमा मे ३० तारिखबाट छुट्टैं उपचार भैंरहेको थियो ।हालसम्म मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोमबाट ३ जनाको मृत्यु भैंसकेको छ ।
थप ५ जनामा मर्सको पोजिटिभ भाइरस पाइएपछि मर्स संक्रमितको संख्या ३५ जना पुगेको छ । मर्स भाइरसबाट संक्रमित बिरामीसंगको सम्पर्कमा रहेका १३ सय ६४जनालाई मर्स लाग्न सक्ने आशंकामा छुट्टैं राखिएको छ भने ५ सय भन्दा बढी विधायलहरु बन्द गरिएका छन् ।
मर्सले अर्का चरणमा प्रवेश गरेको भन्दैं स्वास्थ्य अधिकारीहरुले जो कोही यसको शिकार हुन सक्ने चेतावनी दिएका छन् ।स्वास्थ्य क्षेत्रले भिडभाडमा नजान सर्वसाधरणलाई भनेको छ भने मास्क लगाउन समेत आग्रह गरेको छ ।त्यसैंगरी वृद्धवृद्धाहरुलाई घरमा बस्न सल्लाह दिएका छन् ।
यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो । श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ । यो रोगको लक्षण भने ज्वरो आउने, खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ ।
हालसम्म यो रोगको कुनैं औंषधी पत्ता लागेको छैंन् भने यो रोग लागेपछि बिरामीको मृत्यु हुने सम्भावना ४० प्रतिशत भन्दा बढी रहेको छ ।