Advertisement
SKIP THIS

आर्थिक क्रान्तिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्छ: भूपू उपप्रम प्रकाशमान सिंह


हङकङ , नेपाली राजनैतिक इतिहासको चर्चा गर्दै भूपू उपप्रधान मन्त्री तथा नेपाली काँग्रेसका भूपू महामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाल देशमा अब हुने आर्थिक क्रान्त्रिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्ने ठोकुवा गर्नु भयो । देशमा रहेका अन्य राजनैतिक पार्टी खासगरि कम्युनिष्ट पार्टीहरूले देशको सबल नेतृत्व वहन गर्न असमर्थ रहेकोले नेपाली काँग्रेस मात्र देशलाई राजनैतिकरुपमा हाँक्न सबल रहेको बताए । वर्तमान संसदका सदस्य पनि रहेका सिंह नेपाली जनसम्पर्क समिति हङकङको २१औं बार्षिकोत्सव तथा बिश्व जनसम्पर्क समिति स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न माननीय मोहनकुमार राई तथा श्रीमती सिर्जना सिंहका साथ तिन दिने कार्यक्रम लिएर हङकङ आउनु भएको हो ।

नेता सिंहले हिमाल पहाड र तराईको मुद्धा नेपालको हो र यसलाई नेपालले नै समाधान गर्ने बताउँदा हल तालीको गडगडाहतले गुञ्जिएको थियो । याउमातेई स्थित हेनरी जी लङ कम्युनिटी हलमा आयोजित कार्यक्रममा आऊँदा नेता सिंह लगायत माननीय राई तथा श्रीमती सिंहलाई नौमती बाजा बजाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा हङकङ स्थित अन्य राजनैतिक दलहरूका भातृ संगठनहरू ईन्स हङकङ, नेपाली जनप्रगतिशिल मञ्च, प्रवासी एकता नेपाली समाज, नयाँ शक्ति तथा प्रवासी नेपाली मञ्च हङकङका प्रमुख तथा नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

हङकङको छोटो तथा व्यस्त समयको बाबजूद पनि नेता सिंहले स्थानीय राजनैतिक पार्टीका नेतृ श्रीमती आन चान लगायत सामसुईपो, याचिमोङ जिल्लाका वडा सदस्यद्वय भिसेन्ट चेङ र बेनी योङ तथा नेपाली संघसंस्थाका अगुवाहरूलाई भेटेका थिए । वार्ताको क्रममा अनौपचारिक रुपमा दुई नेता बिच एक आपसमा सरसहयोग तथा अन्य बिषयमा कुराहरू भएका थिए । स्थानीय नेतृ चानले नेपाली संस्था हिन्सले नेपाली कम्युनिटीको लागि प्रभावकारी भूमिका खेलेको भनि प्रशंसा गरिन् ।

२० मार्चका दिन स्व. गिरिजाप्रसाद कोईरालाको ७औं पुण्य तिथिमा जोर्डन स्थित कंगन रेष्टूरेण्टमा आयोजित स्मृति दिवसमा तिनै नेता सिंह दम्पत्ती तथा माननीय मोहनकुमार राईले उपश्थित जनाई स्व. कोईराला प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्व. कोईरालाको नेपाली राजनिति देन माथि प्रकाश पारे । कार्यक्रममा स्व. कोईरालालाई सम्झदैं माननीय राईले व्यक्त गर्नु भएको बिचारले धेरैलाई तताएको थियो भने नेता सिंहले स्व. कोईरालासंगका स्मरण सुनाउँदा उपस्थित व्यक्तिहरू मुग्ध भएका थिए ।

सोहि कार्यक्रममा हाल नेपालको संबिधानमा उल्लेख गरिएको धारा २९१ को संशोधन वा खारेजीको लागि हङखङमा रहेका नेपाली राजनैतिक पार्टीहरूको गठबन्धनले एक बिज्ञप्ति हस्तान्तरण गरेका थिए । नेपाली जनसम्पर्क समिति हङकङका सभापति जगत शाहको सभापतित्वमा आयोजित कार्यक्रमहरू महामन्त्री गोबिन राना तथा सहमहामन्त्री बिष्णु श्रेष्ठले सञ्चालन गरेका थिए भने उपसभापति मीनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेजस हङकङको प्रकाशन गरिन लागेको प्रकाशक समाजसेवी तथा कानूनव्यवसायी देव गुरुङ, अनुशासन कमिटीका संयोजक दुर्गा गुरुङ, पूर्व महामन्त्री नेत्र पहराई, सल्लाहकार हर्कनारायण तुलाचन तथा बेद खड्कालाई नेजस हङकङलाई पुराएको सहयोग र यस संस्था प्रतिको कटिबद्धतालाई सम्मानस्वरूप कदर पत्र प्रदान गरिएको थियो । सिंह दम्पत्ती तथा माननीय मोहनकुमार राई २१ मार्चको नेपाल वायुसेवाको बिमानद्वारा नेपाल फर्किनु भयो । नेजस हङकङको कार्य समिति तथा भूपू अध्यक्षहरू लगायतले हङकङ अन्तर्राष्ट्रिय बिमान स्थलमा बिदाई गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...