कोरियाको सुवनमा यो शनिबार र आइतबार ग्लोबल आइएमइ बैंकको सेवा उपलब्ध गराइने

फोनिज कोरिया संवाददाता
सुवन
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी
शनिबार र आइतबार सुवन शहरलाई रोजेका छन् । सुवन यक स्थित ग्रेट हिमालय रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो ।
ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि मे २० र २१ तारिख सुवन क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेकाछन् ।
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । साथै अनलाईन बैंकीइ०बाट नेपालको एनटिसी, एनसेल, डिस होम र इसेवा जस्तामा पनि सजिलै पैसा ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।
सेवाहरु
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया ९आई बिके० को खाता खोल्न सकिने ।
आई।बि।के। बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने ।
अन लाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई।एम।ई बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने ।
भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था भएको ।
ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने ।
खाता खोल्नको लागि आवश्यक कागजातहरु
पासपोर्ट , एलाइन कार्ड र फोटो २ वटा
खाता खोलिने मिति २०१७ मे २० र २१ तारिख
समय – बिहान 11 बजे देखि बेलुकी 6 बजे सम्म
स्थान – ग्रेट हिमालय रेष्टुरेन्ट, सुवन यकको ८ नं. गेटबाट ३० मिटर अगाडी
सम्पर्क को लागि नबिन सुबेदी ०१०३२९२९०२०