Advertisement
SKIP THIS

पाँच अर्ब डलरमा बिक्यो याहु


इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ ।

निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो । सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्व २५ अर्ब डलरको थियो ।

गत वर्ष भेरिजोनले किनेको अर्को इन्टरनेट कम्पनी एओएलसँग याहुलाई मिसाइने छ । यो खरिद सम्झौतामा याहुको चिनियाँ कम्पनी अलिबाबासँग भएको सेयरचाहिँ हिसाव गरिएको छैन ।

सन् १९९४ मा स्थापित याहुले सन् २००३ मा गुगललार्इ ३ अर्व डलरमा किन्ने प्रस्ताव गरेको थियो । तर, गुगलका संस्थापकहरूले त्यसलार्इ अस्वीकार गरे । याहुले त्यतिबेलै गुगलले आफुलार्इ धक्का दिने अनुमान गरिसकेको थियो ।
पछिल्ला बर्षहरूमा याहुले निरन्तर घाटा बेहोरिरहेको थियो । सन् २०१४ मात्र याहुले ४.४ अर्ब डलर घाटा बेहोरेको थियो ।डुव्नै लागेको याहु किनेको भेरिजोनले याहु किन्नुको कारण यसका एक अर्बभन्दा बढी प्रयोगकर्ता हुनुलाई मानेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...