ब्राजिलको कुखुरा कोरियामा प्रतिबन्ध
बहु राष्ट्रिय कम्पनी केएफसीमा कुखुराको परिकार खानु भएको छ ?
छ भने एक पटक सोच्नुस् तँपाईले कुहिएको कुखुराको मासु खानु भएको पनि हुन सक्छ । गुणस्तरहीन कुखुराको मासु निर्यात गरेको पाइएपछि दक्षिण कोरियाले ब्राजिलको कुखुराको मासुमा प्रतिबन्ध लगाएको छ ।
कुहिएको मासु विश्व भरि पठाउने थाहा पाए पछि दक्षिण कोरिया, युरोपियन युनियन र चीनले ब्राजिलको कुखुराको मासु प्रतिबन्ध गरेको हो । कोरियाले गएको बर्ष असी प्रतिशत अर्थात १ लाख ८ हजार टन कुखुराको मासु ब्राजिलबाट ल्याएको थियो । बाँकी बजारको माग स्थानीय उत्पादन र अमेरिका लगाएतबाट आयात गरेको थियो ।
केएफसीले कुखराको परिकारका लागि ब्राजिलबाट मासु निर्यात गर्ने गर्छ । गएको सोमबार विश्व भरि कुखुराको मासु निर्यात गर्दै आएको ब्राजिलका २१ वटा ठूला कम्पनीको ४८ सय भन्दा बढि ठाउँको मासु प्रसोधन केन्द्रमा छापा मारेको थियो । छापा मार्दा प्रायःसबै ठाउँमा कुहिएको मासु प्याक गरेको पाईएको थियो ।
अहिले दक्षिण कोरियाको स्थानीय कुखुरामा बर्डफ्लु रोगका देखा परेको कारण धेरै कुखुरा फार्म बन्द छन् । भएका केही कम्पनी पनि राम्ररी चल्न सकेका छैनन् । यस अघि नै अमेरिकाबाट आयातित कुखुरामा बर्डफ्लुको किटाणु भेटिए पछि आयात गर्न रोक लगाइएको छ ।