Advertisement
SKIP THIS

कोरियामा बृहत् मुक्तक मेला हूने


 सौल
-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आगामी जुलाई ९ तारीख आइतबारका दिन बृहत् मुक्तक मेलाको आयोजना गर्ने भएको छ । नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य-सुधाको तेस्रो श्रृङ्खलाको रूपमा मुक्तक मेलाको आयोजना गर्न लागेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो ।
राजधानी सौल स्थित शुभेच्छा होटलको सभाहलमा आयोजना गरिने मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका करिब एक दर्जन मुक्तककारहरूको प्रस्तुति रहने छ भने सयौं कोरियाबासी नेपाली सर्जकहरुले आफ्ना मुक्तकहरु वाचन गर्नुहुनेछ ।
मुक्तक मेलाको मुख्य आकर्षणका रूपमा मुक्तककारहरू बलदेव भट्टराई, प्रमोद सारंग, नारायण भुसाल, गङ्गा बस्नेत, दीपेन्द्र भट्टराई, समीर यात्री, महेन्द्र केसी,पूर्वेली गाउँले र रेशम अधिकारीका बेजोड मुक्तकहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक डि आर न्यौपाने “सूर्य”ले जानकारी दिनुभयो । दर्शकहरूले एकै मन्चबाट उत्कृष्ट मुक्तककारद्वारा लेखिएका सामाजिक, राजनीतिक, प्रणयधारका उत्कृष्ट मुक्तकहरूको मजा लिन पाउने आयोजकको भनाई छ । च्याप्टरले यसअघि उत्कृष्ट कवि तथा चर्चित गजलकारहरूको साथमा कविता वाचन तथा गजल मुशायरा सन्चालन गरिसकेको छ भने हालै मात्र अनेसासको प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्वकाव्य गोष्ठी सम्पन्न गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...