मैले केही केही भुलेको छैन
नरेन्द्र गुरुङ (अरेन्द्र)
निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समय पार गरि सकेछु ।
समय जति सुकै पार भएता पनि आफु जन्मेको हुर्केको जन्मथलोको माया, त्यहाँ मैले बिताएको अनुकुल समयहरु स्मृतिका पुरानो पाना-पाना भेटि रहन्छ । गाउँको ढिक मुनि हरियो घना जंगल, खेतहरु तलतिर आफ्नै गतिमा बगेका सिस्ने र ठोट्ने खोला अनि ति खोलाको दहमा स्कूल बिदाको दिन पौडी खेलेको र साथिहरु संग गाई र बाख्रा चराउदै गर्दाको क्षणहरु असाध्यै प्रिय बनेर मेरा आँखाका वरिपरी घुमी रहन्छ । बिरानो प्रवासमा आफुले जस्तो अवस्था झेल्नु परे पनि जतिसुकै समयलाई पार गरे पनि मातृभुमिको माया एक चिम्टी पनि घट्दैन रहेछ । अझ भनौ बालपनका ति मिठा स्मृतिलाई कहाँ खोजौं कहाँ खोजौ खोजौ लाग्दो रहेछ ।
प्रवासीको हाल त कसरी व्यख्या गरौं? पहिले उच्च घरानाका मानिसहरु मात्र औलामा गन्न सक्ने विदेश गएको देख्न र सुन्न पाइन्थ्यो हाल प्रजातन्त्र आइसके पछि सबैलाई विदेश जाने भूत सवार भएको छ । आदिम कालमा खानको लागि कहाँ भौतरिन्थे भने अहिले कमाउनको लागि परिवार संग बिछोदिन्दै परदेशिएको छ ।
पन्च्यातकालसम्म विदेश मोह त्यति थिएन लाहुरेहरु र पढ्न बाहेक सबैले राम्ररी खाइ रहेका थिए । कति रमाइलो थियो त्यो समय सबैले मिलेर खेति पाती लगाउने उठाउने ,घास,दाउरा, मेलोपात,हाट बजार र मेला भर्दाको चेली माइती मिलेर पर्मा लगाएर रोधी बसेको दुखःनै भए पनि एक प्रकारको रमाइलो वातावारण थियो । अहिले त विदेश जाने होडबाजी नै चलेको छ । पल्लो घरको विदेश गयो केहि कमाएको देखेर खेत बारी बेचेर भएनी दलाल लाई खुवाएर भए पनि विदेशिनेको लहर चलेको छ । हुदा हुदा त गाउ घर नै शून्य पारेर खेत बारी पनि बाझै राखेर विदेशिएको छ । कोहि कमाउन सफल भएको छ भने कोहि दुखः पाएका छन त् कोहि बाकसमा प्याक भएर फर्केका छन् । विदेशिने प्रथाले कति परिवारलाई राम्रै भए पनि कतिको त घर न घाट भएको छ । भएको सबै साहुले र बैंकले हडपी सकेको छ । परिवार गाउको दुखः बिर्सेर सहरको एस आराममा पल्केको छ । गाउमा खेति पाति गर्न छाडेर विदेशबाट पठाएको पैसाले चामल किनी खाने भएको छ । खेति गरि खाने उप्जाउ जमिन भू माफियाहरुले प्लटिंग गरेर पुरै हामिलाइनै बेच्न जाल बिछ्याई रहेको छ । गाउ घर पुरै सुन्य बच्चाहरु र बुढा बुढी बाहेक कोहि छैन ।
अहिले स्थनीय चुनावले शहर पासेका नेताहरु गाउँ बनाउछु भनेर सपना बाढ्न तस्करी गरेको धन बाढ्न गाउँ पसेका छन हेरे हिजो एक कप थररा खान नसक्नेले बोटलका बोटल रक्सि किनिदिने आएका छ्न हेरे चुनाव आइ रहनुपर्ने रहेछ सबै फ्री खुवाउने आउने रहेछन् । आजकल त गाइ बस्तु पाल्न छाडेको छ घास दाउरा गर्न छाडेको छ । ग्यासमा खाना बनाउने केहि मात्रामा खेति गर्ने हरु पनि युरिया मलको भरमा गर्दा माटो बिग्रिएर मरुभूमि सरह बन्न थालेको छ पहिलेपो घास सोत्तर गरेर गाई बस्तुको मोलले अर्गानिक खेति गरेर त्यो खाएर धेरै बर्ष बाचिन्थ्यो अहिले हरेक कुरामा रासायनिक पदार्थ मिसेको खाएर जो कोहीलाई पनि अनेक रोग लागेको मात्र सुन्न र देख्न पाइन्छ । हामी बिदेशमा मरी मरी ज्यान जोखिम पारेर कमाएको सम्पति महत्वहिन बनेको छ देशमा भने यहि काम गरेर भारतीयहरुले मजाले कमाई रहेको छ ।
हाम्रो पसिनाको कमाईबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ । अनि फेरि यहि दुखः गर्ने चाही संविधानको धारा २९१ ले दोस्रो दर्जाको नागरिक बनाएको छ । देशमा उचित रोजगारी दिन सक्दैन न बिदेसिएर पनि के नै गर्न सक्छ र बाध्यता अनि परिबन्दले विदेसिनेहरुको आफ्नै कथा व्यथा छ भने कोहि रहरले बिदेसिनेको पनि आफ्नै ब्यथाहरु छन । बिदेश लाली पाउडर धसियेर चटक्क देखिएकी स्त्री जस्तै चटक्क बनाएको मनमोहकमा मोहनी लगाए जस्तै फसिने पनि नभएका होइनन एकाध छन् यहाँ कति दुखः छ कति कस्ट छ कसलाई रहर छ र दोस्रो दर्जाको नागरिक भएर बाच्न, बिवस छन् ।
प्रवासिए पनि आफ्नो देश प्रतिको अगाध मायाका कारण त हरपल आफ्नो गाउ,समाज देशको हरेक पिडामा सरिक भइ रहेका छन् । प्रवासमै भए पनि आफ्नो गाउ,समाज,जाति,धर्म र सस्कृतिको जेगेर्ना गर्न सन्ध सगठन खोलेर यहाको पिडाहरुमा मात्र नभई देशको पिडामा दिल खोलेर सहयोग गरिनै रहेका छन्, चाहे विनासकारी भुकम्प नै किन नहोस बाढी र पहिरो आगलागी,असाहय र बिमारी मात्र होइन देश बिकासको लागि हरेक क्षेत्रमा लगानी सहयोग निरन्तर जुटाई नै रहेका छन् । आधुनिक युगको यो परिपेक्ष्यमा इन्टरनेटको प्रयोग सामाजिक संजालको सुविधाले गाउको समाजको र देशको हरेक सानो सानो कुराहरु लाइ दिनहु जानकारी लिनै रहेका छौ । हामी चाहे दुखः नै किन गर्न नपरोस विदेश सोचे जस्तो सजिलो छैन । परिवार संग बिछोड भएर बस्नुको पिडा त् छन्दै छ त्यहि माथि दिनहु साथीहरुको मृत्युको खबरले उत्तिकै पिढा झेल्नु परिरहेकै छ ।
एक युग एक दिन एक पल्ट अवस्य अाउछ, भन्दिन म, मेरो लागि हरेक दिन हरु तेतिक्कै महत्वपुर्ण छन् । केहीगरौं !! हो म केही गर्नको निम्ति मेरो जन्म भुमी मेरो बासस्थान अवस्य आउनेछु सध्य यो कस्ट्मेटिक शहरले बचाइ राखेछ भने । गाउले र साथीहरु भन्छन फल्ना विदेश गएर सबै बिर्सियो । मैले केहि बिर्सेको छैन । गाउमा बिताएका ति पलहरु सबै ताजा नै छ । बच्चामा खेलेको स्कुलबाट भागेर पौडी खेलेको मात्र नभएर घास दाउरा, मेलापात गरेको गाउकी चेलीहरु संग पर्मा लगाएर कोदो,धान रोपेको र काटेको , दाउरा टिपन ४ बजे राती नै खाना खाएर मकै भट्टमास बोकेर उज्यालो हुदा जंगल पुगेको घास र सोत्तर काट्दा होस् या पधेरोमा पानी भर्दा हामी खेल्दै मजाक गर्दै हस्यांग फस्याङ्ग गर्दै स्कुल जान ढिलो हुदा हेडसरले भाले बनाएको ,गाउको सोल्टिनीहरु संग जिस्किंदै राती उनिहरुले भेडाको उन काट्ने ठाउमा गएर डल्ला बनाउन अनि मेला र रोधी हरुमा गित गाउदै नाचेको अनि घर बाट देखिने सेतै दातका लहर जस्तै सधै हासिरहने मलाई ताजा र स्फुर्ति दिने हिमाल केहि केहि भुलेको छैन भन्ने नै हो भने लुकेर उनको घर जांदा बढे मानको भोटे कुकुरले भुकेर तर्साएको त्यो समेत भुलेको छैन l मईले केहि केहि भुलेको छैन । मैले मलाइ पनि भुलेको छैन ।
हाल हङकङ