कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण र कास्य गरी दुइ पदक जित्यो
फोनिज कोरिया संवाददाता
नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ स्वर्ण र कास्य गरी दुईवटा पदक हासिल गरेको छ ।
सो च्याम्पियनसिपमा खेलाडीट्ठय सन्ध्या कुमारी सिंहले स्वर्ण पदक हासिल गरेकी छिन् भने निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । तेक्वान्दो च्याम्पियनसिपमा सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । उनले फाइनलमा रसियाको खेलाडीलाई ३०—८ को फराकिलो अन्तरले हराउदै स्वर्ण पदक जितेकी हुन् ।
पहिलो खेलमा सन्ध्याले किर्गिस्तानकी खेलाडीलाई २६—१२ ले हराएकी थिइन् । यसैगरी कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले कास्य पदक जितेकी छिन् । पहिलो खेलमा बाई पाएकी निरिता सेमिफाइनलमा किर्गिस्तानकी खेलाडीसंग १२—१० ले पराजित हुन पुगिन् ।