महासंघको नेतृत्वमा पवन चामलिङ राई आउने


सोल,

कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशन यही आइतबार , नोभेम्बर २६ तारिख हुदै छ । अधिवेशन संगसंगै नयाँ नेतृत्वको चर्चा पनि संगै हुने गरेको छ । अब बन्ने छैठौ कार्यसमितीको लागि भने वर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईको नाम अगाडी आएका छन् ।

२०१३ मा कोरियामा कामको शिलशिलामा आएका राई आए देखि नै आफ्नो काम संगै नेपाली समुदाय र नेपाली संघ संस्थामा सकृय रहेका छन ।

राईले झापा मिलन समाजको उपाध्यक्ष, झापा एफसीको भरपर्दो खेलाडी ब्याबस्थापक हुदै फटबलमा कप्तानी सम्म सम्हालेका छन भने कोरियन क्लब बाट विभिन्न फुटबल खेलेका छन । साथै किरात राई यायोक्खाको सल्लाहकार , थेजन नेपाली समाजको सचिव , हाम्रो जमर्को नेपाल दक्षिण कोरियाको उपाध्यक्ष,ःत्ग् को सक्रिय सदस्य साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको कार्यवाहक अध्यक्षमा काम गरि सकेका छन ।

उनले नेपालमा २०६३ ६३ को जनआन्दोलन पछिको पहिलो संसदिय निर्वाचनमा राष्ट्रिय निर्वाचन आयोग काठमाडौंबाट पर्यवेक्षक रुपमा काम गरि सकेका , चौतारी सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्ष ,समर्पण सहकारी संस्था लिमिटेडको संस्थापक सल्लाहकार, निनोहोंछा ९चाम्लिंङ्० राई प्रतिष्ठानका प्रबक्ता,सतासी ग्रुप प्रा।लि।का संस्थापक साथै निर्देशक पनि हुन ।

कोरिया उनले खालिङ राई बचाउ अभियान देखी कोरियाको लागी राजदुत कमान सिंह लामा र फोनिज कोरियाको सम्पादक देबेन्द्र सम्बाहाम्फेलाई कार्यबाहक अध्यक्ष रहदा भब्यताका साथ सम्मान गर्नुका साथै पहिचान पुरस्कार कोषमा पनि एक लाख पचास हजार महासंघले पठाएको थियो ।

त्यस्तै बैशाख १२ र २९ गते गएको महाभुकम्पमा लगतै नेपाल गएर सिन्धुपाल्चोकको थानपालकोट गाबिसको वाड नम्बर १,२,३मा ३,०० परिवार तत्काल पाँच लाखको आवश्यक खाध्यान्न समाग्री बाढ्न आफै पुगेका थिए ।
भखरै पनि कोरिया बाट पहिलो पटक डा।महाविर पुन लाई एक लाख पचास हजार राष्ट्रिय आविष्कार केन्द्र लाई सहयोग गरेका छन । यस्तै अन्य दर्जनौं थुप्रै सामाजिक काम गरेकाछन् ।
राईले फोनिज लाई भने भोली हुने महासंघको पाँचौ महाधिवेशनमा कसैलाई अध्यक्षमा जिताउन लभिङ गरिन किनकी सबैले पदको लागी फोन गयो नेता जस्तै यो त्यो भनेर भन्छ काम चै केही गर्दैन भनेर मैले सम्पूर्ण १२ जातीय संस्थाका अध्यक्ष एवं सम्पूर्ण महासंघमा रहनु भएका कसैलाई पनि पेनलको लागी कुरा गरेका छैन ।

राइले अध्यक्ष बनेपछि महासंघमा निम्न मुख्य काम गर्ने बताए ।

१। प्रवासमा रहेर पनि हाम्रो आदिबासी जनजातिको पहिचान , अधिकार ,भाषा ,धर्म, संस्कार संस्कृति रितिरिवाज र परम्पराको लागी काम गर्ने छौ ।

२। एक बर्षको कार्ययोजना तयारी गरि स्टेप टु स्टेप काम गर्दै जाने ।
३। महासंघको कोष बृद्धि गर्न कार्यसमिति ,क्षेत्रिय महासंघ र जातीय संघ संस्था संग मासिक लेभी साथै च्यारिटी सो सांगितिक कार्यक्रम बाट कोष अगाडि बढाउने ।
५। नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको महासंघ केन्द्र नेपाल संग विभिन्न कार्यमा सहकार्य गर्ने ।
६।देश भरिको विभिन्न जिल्लामा पिछडिएको हाम्रो समुदायमा सिप सम्बन्धी तालिम कार्यक्रम गर्ने ।
७ विश्व भरि रहेको महासंघ संग कुरा गरि अन्तराष्ट्रिय नेपाल आदिबासी जनजाति महासंघ कटनको आँखी पहल गरि नेपालको लागी एक भएर काम गर्ने सोच मा छु ।
८। हामी कोरियामा रहेको हुनाले यहाँ रहनु भएका सम्पूर्ण नेपाली संघ संस्था र समुदाय संग सहकार्य गर्ने । दक्षिण कोरियामा संचालन भइरहेको तथा आयोजना गरिने तीन विभिन्न तोक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन चर्चित खेलाडी दीपक विष्ट सहित २१ सदस्यीय टोली कोरियामा छन् । असार १० देखि १६ सम्म झल्ला भुक्दोको मुजुमा संचालन भइरहेको विश्व तोक्वान्दो च्याम्पियनसिपमा १० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

विभिन्न तौल समूहमा ४ महिला र ६ पुरुष खेलाडी प्रतियोगितामा भिडदैछन् । गत शनिबार असार १० गतेबाट शुरु भएको च्याम्पियनसिपमा चारजनाले प्रतिस्र्धा गरिसकेका छन् । खेल प्रदर्शन राम्रो भएपनि मेडल भने हात पार्न सकेका छैनन् । रियो ओलम्पीकमा सहभागिता जनाएका निशा रावलबाट भने मेडलको आशा गरिएको खेलाडी टीमका व्यवस्थापक नेपाल तोक्वान्दो एसोसियनका सदस्य भानु चन्दले बताए ।

खेलाडीहरुमा पुरुष तर्फ सक्षम कार्की , निश्चलमान श्रेष्ठ , रञ्जन श्रेष्ठ , वीरबहादुर महरा , सागर गुभाजु र ताराकुमार रायमाझीले प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै महिला तर्फ निशा रावल, ज्ञानी चुनारा, निमा गुरुङ र रेजिना कार्कीले सहभागिता जनाएका छन् । सोही खेलाडी टोलीले कोरियाको अर्को स्थान छुङछनमा असार १८ देखि शुरु हुने ६ दिने छुङछन कोरिया ओपन अन्तराष्ट्रिय तोक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

छुङछनमै असार १ मा हुने तेस्रो एसियाली पारा तोक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन ६ जनाको टोली कोरिया आएका छन् । जसमा तीन खेलाडी, प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक दीपक विष्ट र टोली नेता कासिम मियाँ धोबी रहेका छन् । खेलाडीहरुमा रोहितहाङ राई, रञ्जना धामी र पलेसा गोर्वधनले भाग लिनेछन् । प्रशिक्षक लामाका साथ हाल कोरियामै तीन खेलाडी प्रशिक्षणमा व्यस्त रहेका छन् ।

एसियाली पारा च्याम्पियनसिपमा नेपालले मेडल पाउने सम्भावना प्रवल रहेको मुजु तोक्वान्दो स्टोडियममा भेटिएका विष्टले बताए । २०१५ को युरोपियन च्याम्पियनसिपमा ब्रोन्ज मेडल थापेका रञ्जना र रोहितले यहाँबाट पनि मेडल लिएर जाने विश्वास विष्टको छ । शारिरीक अशक्त खेलाडीहरु पनि उत्कृष्ठ खेल्न सक्छन् भन्ने उदाहरण पारा च्याम्पियनसिपले दिने भएकाले हाल विश्व तोक्वान्दो एसोसियसनको ध्यान केन्द्रित हुन थालेको विष्टले बताए ।

नेपालबाट आएका २१ जनामध्ये दश खेलाडी समूहका कोच कोरियन नागरिक लि जेहो पनि रहेका छन् । त्यस्तै विश्व तोक्वान्दो महासंघको निमन्त्रणामा ओपनिङ सेरोमनीमा नेपालको झण्डा लिएर सहभागिता जनाउनको लागि नेपाल तोक्वान्दो संघकी सदस्य नन्द बस्याल र खेलाडी द्धय असाहय बालिका सपना नेपाली र भुकम्पपीडित सविन कार्कीको रहेका छन् । सविन र सपना नेपाली तोक्वान्दो संघद्धारा संचालीत तोक्वान्दो प्रशिक्षार्थिहरु हुन् ।

यसपाली मुजु विश्व तोक्वान्दो च्याम्पियनसिमा १ सय ८३ देशको सहभागिता रहेको छ । सन १९७३ बाट हालसम्म दक्षिण कोरियाले सात पटक विश्व तोक्वान्दो च्याम्पियनसिपको आयोजना गरिसकेका छन् । विभिन्न वर्षमा कोरियाको विभिन्न शहरमा आयोजना गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...