HRD द्धारा सञ्चालित फोक्लिर्फट र डोजर तालिम सम्पन्न, अर्को आइतबारदेखि नयाँ कक्षा सुरु
कोरियन मानव संसाधन विभाग (HRD) द्धारा संचालित सात हप्ते फोक्लिर्फट र डोजर तालिम सम्पन्न भएको छ । मानव संसाधन विभाग (HRD) ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिमहरु दिदै आइरहेका छन्।
रोजगारका लागि कोरिया भित्रिएका युवाहरु पछि आफ्नै देशमा फर्केर केही गर्न सकुन् तथा अबैधानिक रूपमा कोरियामा नै बसोबास गर्नेको सँख्या कम गर्ने उद्धेश्यका साथ बेला बेला HRD कोरियाले यसप्रकारको सिपमुलक तालिमहरु दिदै आइराखेका छन् ।
जसअन्तर्गत कोरिया स्थित ख्वाङ्जु सहरमा अबस्थित 그린직업전문학교 (GREEN VOCATIONAL TRAINING SCHOOL) मा सञ्चालन गरिएको सात हप्ते फोक्लिर्फट र डोजर तालिममा ह्वासाङ् सहर तथा ख्वाँजु सहरमा रोजगारी गरिरहेका नौ जना नेपाली युवाहरु उक्त सिपमुलक तालिममा सहभागि भएका थिए। हप्ताको एक दिनको बिदालाई सदुपयोग गरेर हरेक आइतबार HRD कोरियाले दिएको यो तालिममा सहभागी भएका युवाहरुले डोजर चलाउन अनुमतिपत्र (License) समेत प्राप्त गरेका छन्।
उक्त तालिम सीप सिकेको प्रमाणपत्रहरु र अरु धेरै प्रकारका पुरस्कारहरु पनि पाएका छन्। उक्त सिपमुलक फोक्लिर्फट र डाेजर तालिममा सहभागी पछि अाफूहरु स्वदेश फर्केपछि रोजगार गर्न सकिने अात्मबल समेत पाएको जानकारी दिएका थिए। उक्त तालिममा ह्वासाङ् सहरमा रोजगार गरिरहेका भिम बहादुर थापा, राजेन्द्र राज पौडेल, मधु गुरुङ तथा ख्वाँजु सहरमा रोजगारी गरिरहेका उद्दव थापा मगर, सुनिल बर्देवा, विपिन लिम्बू, निल्कण्ठ गिरी, दिपक भट्ट, र सन्तलाल तामाङ सहभागि भएका थिए।
उक्त तालिममा सहभागिले साँचै अाफूहरुलाई अाउने दिनमा कोरियाको दुखलाई चाँडै अन्त गरि देसमा नै केहि गर्न सकिने अात्मबल पाएको सहभागी युबा उद्दव थापा मगरले बताए। नेपालको ठेगान भने भिम बहादुर थापा सुर्खेत, राजेन्द्र राज पौडेल गुल्मि, मधु गुरुङ पर्वत ,उद्दव थापा मगर नुवाकोट ,सुनिल बर्देवा नुवाकोट ,विपिन लिम्बू ताप्लेजुङ ,निल्कण्ठ गिरि नुवाकोट ,दिपक भट्ट नुवाकोट र सन्तलाल तामाङ रामेछाप रहेका छन्। अन्य युबाहरुलाई अाउँदो अाईतबारबाट नयाँ सञ्चालन हुन लागेका तालिममा सहभागिका लागी अनुरोध गरेका छन्। नयाँका लागी अर्को अाईतबारबाट नयाँ कक्षा सुरु हुँदैछ।
그린직업전문학교 (GREEN VOCATIONAL TRAINING SCHOOL) फोन: 031-767-9431