कोरियामा जीवशास्त्रको अनुसन्धानमा व्यस्त डा. गुरुइ०
मञ्जु गुरुइ०
प्रदेशमा फुलेका हजारौ तमु प्रतिभा मध्ये एक हुन रितेश गुरुइ० । हाल दक्षिण कोरियालाई कर्मक्षेत्र बनाएका रितेश नेपालको पूवी पहाडी क्षेत्र सिन्धुली जिल्लाका बासिन्दा हुन् । कोरियामै वाइयोकेमेस्ट्री (जीव रसायनशास्त्र) मा विद्यवारीधी प्राप्त गरेपछि यही एक कम्पनीमा अनुसन्धानकर्ताको रुपमा हाल कार्यरत छन् । सन २०१६ मा दक्षिण कोरियाको आसन शहर स्थित सनमुन विश्वविद्यालयबाट उनले जीव रसायनशास्त्रमा विद्यावारीधी गरेका हुन् ।
कमलामाई नगरपालिका ७ , बर्देउटार सिन्धुलीका बासिन्दा उनको वास्तविक नाम रीत बहादुर गुरुइ० भएता पनि बैकल्पीक नाम रितेशबाट परिचित छन् । ३७ वर्षिय रितेश आमा लक्ष्मी कुमार गुरुइ० र बुवा हस्त बहादुर गुरइ०को छोरा हुन् । त्रिचन्द्र कलेजबाट स्नातक गरेपछि त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्रमा स्नाकोत्तर गरेका रितेश थप अध्ययनको लागि दक्षिण कोरिया आएका थिए ।
उनले नेपालमा रहदा पनि अन्तराष्ट्रिय विज्ञान सम्बन्धि जर्नलहरूमा अनुसन्धान लेख रचनाहरुको सहलेखन तथा प्रकाशन गरेका छन् भने जीव रसायन शास्त्रसंग सम्बन्धित एक पुस्तकको दुई अध्यायको सहलेखनको समेत अनुभव रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागिता एवं शोधपत्र प्रस्तुत् गर्नुका साथै नेपालका विभिन्न विद्यालय तथा कलेजहरुमा अध्यापन पनि गराएका छन् । तमु छोंज धिं, अस्कल क्याम्पसमा रहेर आफ्नो समुदायको उत्थानको काम गरेको अनुभव पनि उनीसंग छ ।
उनले स्नातकोत्तर सकेर नेपालमा ५ वर्ष जति पढाउने काम गरें। तर त्यही अवधिसम्मा उनीसंगै अध्ययन गरेका केही साथीहरुले विध्यावारिधी सकाइसकेका थिए। त्यो देखेपछि उनी चुप लागेर बस्न सकेनन् । त्यसैले थप अध्ययनको लागि शिक्षण पेशा छाडी विदेश अध्ययन गर्न जाने बाटो खोज्न थाले । ठीक त्यहि समयमा कोरियाका विश्वविद्यालयहरुमा नयाँ भर्नाको आवहान भैरहेकोले उनले आवेदन दिएँ, छनौट भई पढ्न आएँ। कोरियामा भर्ना हुन अन्यत्रभन्दा अलि सजिलो भएको नको अनुभव छ ।
कोरिया बसाइमा उनले कोरियालाई यसरी बुझे – सन् १९५० को दशकतिर द कोरिया नेपालजस्तै थियो भन्ने सुनेँ, पढें। तर अहिले द. कोरियाले हर क्षेत्रमा धेरै प्रगति गरिसकेको छ। संसार कै सबैभन्दा धेरै बजेट अनुसन्धान र विज्ञान प्रविधिमा खर्च गर्ने देशमा गनिने कोरियाको अनुसन्धान स्तरीय छ। यहाँका प्राय सबै प्राध्यापक र अनुसन्धानकर्ताहरु अमेरिका र यूरोपबाट पढेर आएका हुनाले त्यतैको जस्तो अनुसन्धान संस्कार छ।
उनले थपे हामी जस्ता धेरै शिक्षित साथीहरू विदेशमा छौं। देशको वातावरण अलि राम्रो होस् अनि देश फर्की आफूले आर्जेको सीप र ज्ञानलाई त्यहाँ सदुपयोग गरौंला भन्ने सोंच सबैको छ। विशेषत विज्ञान र प्रविधीको क्षेत्रमा हामी धेरै पछाडि छौं। आज भोलि विस्तारै यो क्षेत्रले पनि काँचुली फेर्दैछ। यस क्षेत्रको विकास र विस्तारमा केहि गर्न सके पढेको र सिकेको सीप सदुपयोग गरी समाजको लागि केहि योगदान हुने थियो कि ।
उनले नेपालमा वाइयोकेमेस्ट्रीको क्षेत्रमा गर्न सकिने कामहरु धेरै भएको धारणा राखे । नेपालमा पनि अन्तराष्ट्रिय स्तरका प्रयोगशालाहरु र अत्याधुनिक स्रोतसाधनको अभावमा गुणस्तरीय काम हुन नसकेपनि सामान्य अनुसन्धानहरु भैरहेको उनको भनाइ छ। साथै कलेज र विश्व विद्यालयहरुमा शोध र अनुसन्धानलाई अलि प्राथमिकता दिएर दक्ष जनशक्ति तयार गर्नु पनि आवश्यकता औलाए । सरकार, अनुसन्धान संस्थाहरु र निजी क्षेत्र मिलेर निश्चित रोड म्याप तयार गरी अध्ययन अनुसन्धानमा लगानी गर्ने र विदेशिएका दक्ष जनशक्तिलाई फर्काई काम दिन सके यस क्षेत्रले पनि राम्रो उन्नती गर्ने आशा उनको छ ।
स्रोतः गुरुइ० न्यूज डट कम