ग्लोबल आइएमइ बैंकले आगामी शनिबार र आइतबार किम्हे र थेगुमा सेवा उपलब्ध गराउने

फोनिज कोरिया संवाददाता
सोल
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार थेगु र किम्हेमा आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् ।
ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक थेगु क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १० बजेदेखि बेलुकी ६ बजेसम्म बालाजी रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । त्यसैगरी आइतबार किम्हे स्थित दुर्गा रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएका छन् ।
ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि जुलाई १ र २ तारिख थेगु आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेका छन् ।
ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया ((आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । साथै अनलाईन बैंकिङबाट नेपालको एनटिसी, एनसेल, डिस होम र इ-सेवा जस्तामा पनि सजिलै पैसा ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।
सेवाहरु :-
– ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने ।
– आई.बि.के. बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने ।
– अनलाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई.एम.ई. बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने ।
– भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था भएको ।
– ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने ।
खाता खोल्नको लागि आवश्यक कागजातहरु
पासपोर्ट , एलाइन कार्ड र फोटो २ वटा
खाता खोलिने मिति – २०१७ जुलाई १ र २ तारिख
समय – विहान १० देखि ६ बजेसम्म
स्थान – बालाजी रेष्टुरेन्ट , थेगु यक , cont. 053-425-3242
खाता खोलिने मिति – २०१७ जुलाई २ तारिख आइतबार
समय – विहान ११ देखि ४ बजेसम्म
स्थान – दुर्गा रेष्टुरेन्ट , किम्हे, cont . 055-335-4786
सम्पर्क – नबिन सुबेदी ०१०३२९२९०२०