बैंक अफ कोरिया र राष्ट्र बैंकबीच सहकार्य हुने

काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनलाई आधुनिकीकरण गर्न बैंक अफ कोरियासंग सहकार्य गर्ने भएको छ | यस बारे दुई बैंकका पदाधिकारीबीच मंगलबार काठमाडौंमा हस्ताक्षर भयो |
बैक अफ कोरियासंगको सहकार्यले नेपाली बितीय बजारको स्तरन्नोती हुने नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए |
सहकार्यले नेपालको आर्थिक बिकासको ब्यबस्थापनका साथै मौद्रिक उपकरणको सहि उपयोग गर्न सकिने थापाको भनाइ थियो |
यस अघिदेखिनै बैंक अफ कोरियाले नेपाल राष्ट्र बैंकसंग बितीय ब्यबस्थापनका लागि प्राबिधिक सहयोग गदै आएको छ |
दुई बैंक बीच भएको समझदारी पत्र अनुसार ६ महिनाभित्र नेपालको बैकिङ्ग प्रणालीलाई आधुनिकीकरण बनाउन प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ |