हाईट ग्रुप र ईपिएस युथको राहत बाँसखर्कमा
फोनिज कोरिया संवाददाता
आन्सान -‘नेपालीको लागी हामी नेपाली’ भन्ने नारा लिएर कोरियाको आन्सानमा स्थापना भएको आन्सान हाईट ग्रुप र ईपिएस युथका प्रतिनीधिहरुले संयुक्त रुपमा नेपालको भूकम्प पिडितहरुलाई राहत वितरण गरेका छन् |
दुवै सस्थाका तर्फबाट अरुण श्रेष्ठ (ईपिएस छिन्गु) ले सिन्धुपाल्चोक जिल्ला बाँसखर्क गा.वि.स. वडा नं.४ मा बसोबास गर्ने दलित बस्तीमा रहेका २६ घरधुरी लाई २६ बोरा चामल, २६ प्याकेट नुन र २६ लिटर तेल वितरण गरेका हुन् |
सोहि गा.वि.स.को वडा नं.१,२,३,मा ४५ बोरा चामल ७४ प्याकेट नुन र ४४ लिटर तेल स्थानीय सुरक्षाकर्मीको सहयोगमा वितरण गरीएको थियो |