लिम्बू जातिको सम्पदा सरंक्षण गर्न सर्बोच्चको आदेश


काठमाडौं-सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ ।

उत्तर-दक्षिण लोकमार्ग निर्माण क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

किरात समुदायको भावनासँग जोडिएका धार्मिक र सांस्कृतिक सम्पदा मास्ने कार्य हुँदा सरकार बेखबर रहेको दाबीसहित अधिवक्ता प्रवीन पन्दाक लिम्बू, मनीषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।

आदिवासी जनजातिभित्र पर्ने ‘लिम्बू’ जाति प्रकृतिपूजक रहेका कारण ढुंगासँग परम्परागत संस्कृति गाँसिएर आएको तर विकास निर्माणक्रममा यस्ता चिज नष्ट हुँदा आन्तरिक मर्ममा चोट पुगेको दाबी निवेदकको थियो ।

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलका अनुसार आदेशमा हस्ताक्षर हुन बाँकी रहे पनि सडक निर्माण कार्य गर्दा सांस्कृतिक सम्पदाको रूपमा रहेका ढुंगाको संरक्षण हुने व्यवस्था गरेर मात्र निर्माण कार्य अगाडि बढाउन सरकारलाई अन्तरिम आदेश भएको छ ।

बहसक्रममा रिट निवेदक तर्फका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, डा. चन्द्रकान्त ज्ञवाली, सुनीलकुमार पोखरले, पदमबहादुर श्रेष्ठ, आरजु कार्की तथा निवेदकले प्राचीन सम्पदा नष्ट हुँदा इतिहास र संस्कृति नै लोप हुने खतरा पैदा भएको भन्दै तत्काल रोकिनुपर्ने माग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...