फेसबूक प्रयोगकर्ता २ अर्ब

काठमाडौं-विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबूकको प्रयोगकर्ता २ अर्ब पुगेका छन् ।
विश्वको कुल जनसङ्ख्याको करीब एक तिहाइ मानिसले हाल फेसबूक प्रयोग गर्ने गरेको तथ्याङ्क छ ।
सन् २०१२ को अक्टोबरसम्ममा फेसबूकका मासिक प्रयोगकर्ताको सङ्ख्या १ अर्ब रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन् ।
पाँच वर्षको अवधिभित्र यसका प्रयोगकर्ता दोब्बर पुगेका छन् । यद्यपि, स्न्यापच्याटजस्ता अन्य सामाजिक सञ्जालसँगको बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको वृद्घि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
यसै वर्षको शुरुआतमा फेसबूकले उसको विज्ञापनबाट हुने आम्दानीमा कमी आउन सक्ने सङ्केत गरेको छ ।