आठौ इपिएस परिक्षाको प्राप्तांक हेर्न सकिने : नतिजा श्रावण एघारामा
दक्षिण कोरियाको रोजगार अनुमति प्रणली इपिएसको जेठ २७ र २८ गते भएको परीक्षाको शुक्रबार नतिजा प्रकाशित नभए पनि आफ्नो प्राप्तांक भने हेर्न सकिन्छ ।
एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएकाले नतिजा प्रकाशित नभएको हो । अब परिक्षा छुटेकाहरुले असार २१ गतेबाट २९ गतेसम्म अनलाईन परीक्षा दिनेछन् ।
अन्तिम नतिजा श्रावन ११ मा आउने छ । अहिले सबै परीक्षार्थीको नतिजा फेल उल्लेख भएको छ । प्राप्तांक पासपोर्ट नम्बर र जन्ममिति राखेर हेर्न सकिन्छ ।
यो बर्ष १० हजार २ सय जना परीक्षार्थी पास हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र कृषि कार्यका लागि ६ हजार २ सय जना उत्तीर्ण हुनेछन् । झण्डै ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने ७५ हजार भन्दा बढिले भरेका थिए ।
आफ्नो नतिजा तलको लिंकमा गएर हेर्न सकिनेछ ।