बाल यौन दुराचार गर्ने जर्मनी नागरिक पक्राउ
काठमाडौं-बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार गरेको अभियोगमा काठमाडौं ठमेल, ज्याठास्थित एक होटलको कोठाबाट जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ |
६३ वर्षीय अल्बर्ट फ्रेडलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले बिहिबार पक्राउ गरेको छ ।
यौन दुराचार गरी नेपाली बालकहरुलाई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा ब्यूरोबाट निरन्तर निग्रानी तथा अनुसन्धान गर्ने क्रममा निज जर्मन नागरिक बस्दै आएको होटलबाट १ जना नेपाली नाबालकलाई तत्काल उद्दार गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
निजलाई बाल यौन दुराचार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।