सोजु
दक्षिण कोरियामा हुनु हुने तँपाईलाई सोजुको स्वाद थाहै होला । नेपालमा हुनुहुन्छ भने पनि कोरियाबाट फर्कने आफन्तले कोसेलीका रुपमा हरियो सानो बोतलको मदिरा ल्याइदिएको पिउनु भएको छ भने सोजु हुन सक्छ । नेपालको आइला र कोरियाको सोजु उस्तै हुन् ।
कोरियन भाषामा सो भनेको आगो अनि जु को अर्थ नशा दिने पेय पदार्थ अर्थात आगो जस्तै कडा मदिरा ।
कोरिया, जापान र चीनमा निक्कै चलनमा रहेको सोजु कोरियाको स्थानीय उत्पादन हो । पाँच करोड जनसंख्या भएको दक्षिण कोरियामा एक बर्षमा १० करोड भन्दा बढि सोजु विक्रि हुन्छ । यो विश्वकै सबै भन्दा बढि बिक्ने मदिरा हो । सन् २०१४ मा युरोमनिटरले गरेको अध्ययनमा कोरियनहरु सबै भन्दा बढि मदिरा पिउँछन् । ४४ देशमा गरिएको अध्ययनले दोस्रो बढि मदिरा पिउने देश रसिया रहेको बताएको छ । एक हप्तामा कोरियन भन्दा रसियनले आधा जति पनि मदिरा पिउँदैनन् ।
कोरियनको सोजु संस्कृति हो । मर्दा र पर्दा जहिले पनि सोजुको प्रयोग हुन्छ । चामाल, गहुँ र जौबाट बनाइने सोजु अहिले अन्य खाद्य पदार्थबाट समेत बनाइन्छ ।
सोजु बनाउने तरिका कारियनहरुले मंगोलका सेनाबाट सिकेका थिए । १३ औ शताब्दीमा मंगोलहरु युद्धका लागि कोरिया आएका थिए । उनीहरु चामालबाट आरक बनाएर खान्थे । त्यही आराकलाई कोरियनहरुले सोजुका रुपमा उत्पादन गरे । अहिले पनि सोजुलाई आराकजु पनि भनिन्छ ।