कोरियामा सम्पन्न एसियन पारा तोक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जनाले कास्य जितिन
सोल
दक्षिण कोरियाको छुङछुङ शहरमा शनिबार सम्पन्न तेस्रो एसियन पारा तोक्वान्दो च्याम्पियनसिशमा नेपाली चेली रञ्जना धामीले काँस्य पदक जितेकी छन् । धामीले ४९ केजी तौल समूह अन्तरगत के ५५ विधामा काँस्य जितेको टोली व्यवास्थपक दिपक विष्टले जानकारी गराए ।
धामी सेमी फाइनलमा मंगोलियन खेलाडी खुरेलवटर इन्ख्तुयासंग १४ ६ अंकले पराजीत भएपछि कास्यमै चित्त बुझाउनु परेको थियो । सोही तौल समूहका गोल्ड मेडल विजेता उनै मंगोलियन खेलाडीले बेष्ट फाइटरको उमाधी समेत हात पारेका थिए ।
नेपालबाट सहभागी तीन खेलाडीमध्ये पुरुष तर्फ ७५ केही तौल अन्तरगत के ४२ विधामा रोहित ह्याइ० राई क्वाटर फाइनलमा इरानका जफरजादेह मोहम्मदसंग पराजित भएका थिए । राईले दक्षिण कोरियामा जङ योन बुलाई हराएर क्वाटर फाइनलमा पुगेका थिए । त्यस्तै अर्का खेलाडी पलेशा गोबर्धन महिला तर्फ ५८ केजी तौल समूह अन्तरगत के ४४ विद्यामा टर्कीकी गुलदल गाम्जीसागसंग पराजित भएकी थिइन् ।