कोरियामा प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा


सोल

दक्षिण कोरियामा दिनानुदिन नेपाली खेलाडीहरुको खेल प्रतियोगितामा बड्दो छ । यसै मेसोमा आगामी जुलाई १६ तारिख खेलिने प्रथम खप्तड कप फुटबल प्रतियोगिता तिब्र तयारीमा लागेका छन् ।

कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी सातौ महिनाको फूटबल प्रतियोगिता खप्तड कप सुदुर पश्चिम समाजले आयोजना गर्न लागेको हो ।आयोजक प्रतियोगितालाई भब्यताका साथ सफल बनाउन विभिन्न उप समितीहरु गठन गरी तयारीमा जुटेका छन् ।

प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रमुख अथिति कोरियाका लागि नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह हुनु हुने छन् । प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको संस्थाका अध्यक्ष नबिन कार्की ज्यूले बताउनु भयो ।
जुलाई ९ तारिख नेपाल हाउसमा प्रतियोगिताको टाईसिट (खेल तालिका ) प्रकासित गरिने महासचिब सन्तोष सुबर्णकारले बताए ।

प्रतियोगिताको दिन खेल मैदानमा विभिन्न नेपाली परिकारहरुको स्वाद चाख्दै खेलको मनोरञ्जन लिन पाइने भएकाले खेलाडीहरुलाई हौसला दिन सबैलाई उपस्थित भइदिन हुन आयोजकले आग्रह गरेको छ । कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधी ज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको विशेष अनुरोध गरीएको छ ।

प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा सो फुटबल प्रतियोगिता हुन लागेका हुन् ।

खेल सम्बन्धी जानकारीः–

मितिः २०१७ जुलाई १६ गते
स्थानः सोयोसान खेल मैदान
समयः बिहान ७ बजे बाट सुरू
आयोजकः सुदुरपश्चिम समाज दक्षिण कोरिया

फोन नम्बरस्
नबिन कार्की ०१०२८९९१२४२
कमल बहादुर शाही ०१०२७३१८४३२
यज्ञ मान नायक (खेलकुद संयोजक) ० ०१०२२६७६००३

सम्पुर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...