सौल, दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशनले (के-ईकोले) नेपाललाई पाईलट प्रोजेक्टको रुपमा १ करोड भन्दा बढि आर्थिक सहयोग गर्ने भएको छ। वातावरणको क्षेत्रमा लामो इतिहास बोकेको र प्रतिस्थित मनिएको के-ईकोको वार्षिक ११८७ मिलिअन US डलर बजेट , करीब ३००० जनशक्ती रहेको छ । वातावरण सुधार सम्बन्धी काम गर्दै आएको ख्याती प्राप्त के-ईकोले पहिलो पटक नेपाललाई वातावरण सुधारको लागी सहयोग गर्ने भएको हो ।
सोहि संस्थामा अनुसन्धानकर्ताको रूपमा कार्यरत नेपाली चेली आस्था बिन्दु मल्लका अनुसार सहयोग सम्झौतामा नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्व नाथ ओली र के-ईकोका निर्देशक डा. लीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार उक्त सहयोग नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयले वातवरणिय सुधार, र फोहोर, वाताबरण व्यवस्थापन, फोहोरको पुन प्रयोगमा खर्च गर्नेछ।
काठमाडौंमा बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण प्रदुषित बन्दै काठमाडौंमा फोहर मैला व्यवस्थापनबाट के-ईको काम सुरु गर्नेछ । थोरै सख्यामा विदेशी नागरिक अनुसन्धानकर्ताको रूपमा काम गर्ने मध्य के-ईकोमा मल्ल पहिलो नेपाली नागरिक हुन् । लामो समयदेखी जलवायु तथा मौसम परिवर्तन विषयमा सोल नेसनल युनिभर्सिटी र यन्से निभर्सिटीमा शोधकर्ताका रूपमा काम गरेकी मल्ल उनि आफ्नो पहलमा नेपालमा यसरी सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताएकी छिन्।
कोरियामा सामाजिक र राजनीति क्षेत्रमा सकृय, कोरियामा रहेका नेपाली बिध्यार्थीहरूको साझा संस्था सोसाईटी अफ नेपलिज स्टुडेन्ट एसोसियसन कोरिया (सोन्सिक) की पुर्व अध्यक्ष समेत रहेकी उनि आगामी बर्ष अझ ठुलो परिमाणमा आर्थिक सहयोग गर्न के-ईकोलाई आग्रह गर्ने बताएकी छिन्। यतिवेला विश्वमै जलवायु परिवर्तनले पार्नसक्ने प्रभाव बहुआयामिक प्रभाव र त्यसको प्रभाव न्युनीकरणको चासो र चिन्ता वढ्न थालेको बेला के-ईको सहयोग गर्नु नेपालको लागि गौरबको कुरा हो । के-ईकोले हाल सम्म १७ मुलुकमा वातावरणिय सुधारका लागी आर्थिक सहयोग गर्दै आएको छ । -नयाँ दैनिकी