गजल
दिलिप केसी
लेख्ने थिए भाग्य आफै लेख्ने मसी भेटिएन
पाए सधै चोट पिडा कहिले खुशी भेटीएन।
मन भित्र पिडा लुकाइ रुदै बसे सम्झनामा
खोली बग्यो आशु झर्दा बग्ने नदी भेटिएन।।
चालिरहे पाइला ,यो यात्रा सफल पार्छु भन्दै
धोका दियो भाग्य ले नै बाटो सहि भेटिएन।।
भेटे कैयौं साथ मैले यो जिन्दगी को सफर मा
जिबन भरि प्यार गर्ने एउटै सखी भेटिएन ।।
के के भयो जिन्दगीमा सारा कुरा भन्छ कस्ले
उत्तर दिने समय थियो तर तेहि घडी भेटिएन ।।।