Advertisement
SKIP THIS

कोरियाको नवनियुक्त राजदुतलाई नेपाली संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्दै


सोल, कोरियाको लागि नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहलाई कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले सामुहिक स्वागत तथा सम्मान गर्ने भएको छ । आगामी जुलाई ९ तारिखमा एक कार्यक्रमको आयोजना गरि नवनियुक्त राजदुत सिंहलाई सामुहिक स्वागत तथा सम्मान गर्न लागिएको आयोजक संस्थामध्ये एक नेपाल बौद्ध परिवार कोरियाको महासचिव प्रितम गुरुङले जानकारी दिए ।
सौल गुम्बामा हुने कार्यक्रमको आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा , ह्योल्मो परिवार , मनाङ्ग परिवार , मुस्ताङ्ग परिवार , तमु धीं , नेवा:पुच , नेपाल तामाङ्ग संघ , नेपाल शेर्पा संघ , तामाङ बौद्ध महासंघ , झोउन आछिम र नागार्जुन गुम्बा-जिहेङ्ग द.कोरिया रहेका छन ।
सोही अवसरमा पछिल्लो समय कोरियामा देखिएको दु:खद अशुभ खबरहरु सुन्न पारिरहेको परिपेक्ष्यमा दिवंगतहरुको आत्माशान्ती र यस्ता खाले घटनाहरु नहुन भनेर सबैको सुखशान्तिको कामना गर्दै सउल गुम्बामा बिहान पुजाआजा गर्न लागिएको पनि गुरुङले जानकारी दिए । बौद्ध धर्मावलम्बीहरुको महान ग्रान्थ  दोमाङ र ग्यातोङपा  प्रज्ञापारामिता पाठ गर्ने र १०८ दिप प्रज्वलन गर्ने बताए । बिहान १० बजेबाट पुजापाठ आयोजना हुने र दिउँसो २ बजे राजदुत सिंहलाई स्वागत र सम्मान गर्ने कार्यतालिका रहेको उहाँले बताए । उक्त दिन कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुलाई उपस्थिति भैदिन हुन आयोजक संस्थाहरुले सामुहिक अनुरोध गरेका छन ।
कार्यक्रम हुने स्थान :- सउल गुम्बा , सउल घङनाम-गु याङ्जे देरो ५५ गिल २७
मिति :- जुलाई ९
समय :- बिहान १० बजेबाट पुजापाठ र दिउँसो २ बजे स्वागत तथा सम्मान ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...