Advertisement
SKIP THIS

आणबिक परिक्षणले तताएको विश्व : समाचार विश्लेषण


उत्तर कोरियाले मंगलबार लामो दुरीको आणबिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । जसले लामो दुरीसम्म मार हान्न सक्नेछ । अब प्योङयाङले अमेरिकी भुभागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने जनाएको छ । मंगलबार गरिएको परिक्षण कति शक्तिशाली भनेर स्वतन्त्र पुष्टि नभए पनि अहिलेसम्मकै सबै भन्दा बिकसित रुप हो भन्नेमा अमेरिका पनि बिस्वस्त छ ।
अहिले प्योङयाङसँग भएको क्षेप्यास्त्रको विकास गर्न अझै धेरै बाँकी भएको बीबीसीले लेखेको छ । क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउने गरी आणविक विस्फोटक वस्तुलाई सानो आकारमा ढाल्नुपर्नेछ । साथै पृथ्वीको वायुमण्डलीय तहमा पुनः प्रवेश गर्दा सामना गर्नुपर्ने अवरोधबाट त्यसलाई जोगाउनुपर्ने पनि उल्लेख छ । यद्यपी विश्वलाई नै उत्तर कोरियासँग भएको क्षेप्यास्त्रको बारेमा धेरै थाहा छैन ।
आणबिक परिक्षण गरे पछि विश्व भरिबाटै उत्तर कोरियालाई उक्त कदम रोक्न दबाब आएको छ । रुसको भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिन पीङ र उनका समकक्षी भ्यादीमीर पुटिनले उत्तर कोरियाको कामले विश्वलाई अशान्त बनाउन सक्ने बताएका छन् । उनीहरुले यस्तो कदम रोक्न पनि प्योङयाङलाई भनेको छ । तर चीन र रुसको उत्तर कोरियासँगको सम्बन्धलाई लिएर अमेरिका बिस्वस्त छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले चीनले खासै उत्तर कोरियाको समस्यामा खासै वास्ता नगरेको भनेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उत्तर कोरियाको समस्या वार्ताबाटै समाधान गर्नु पर्छ भन्ने मान्यता राख्ने नेतामा पर्छन् । उनले अब आउने हिउँदे ओलम्पिकमा दुबै देशका खेलाडी एउटै झन्डामुनी मिलेर सहभागिता हुनु पर्छ भनेको एक महिना नबित्दै प्योङयाङको यस्तो रबैया आएको हो ।
विश्वले जे भने पनि उत्तर कोरियाका शासक किम जोङ उनलाई भने फरक नपरेको जस्तो देखिन्छ । उनले क्षेप्यास्त्र ‘अमेरिकाको स्वतन्त्रता दिबसको उपहार’ भनेर टिप्पणी गरेको सरकारी टेलिभिजनले देखाएको छ ।
प्योङयाङको क्रियाकलप बिरुद्ध दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरेको छ । साथै संयुक्त राष्ट्रसंघको आपतकालिन बैठक पनि बसेको छ । बैठकमा खासै केही नभए पनि अमेरिकाले उत्तर कोरियालाई सैनिक कार्बही गर्न सक्ने आशय ब्यक्त गरेको छ ।
यही शुक्रबार देखि जर्मनीमा शक्तिशाली देशहरुको सम्मेलन जी—२० सुरु हुँदैछ । यसमा मुख्य बिषय उत्तर कोरिया हुने पक्का छ । यसले के निष्कर्ष निकाल्छ भनेर अनुमान गर्न अहिले नै हतारो हुनसक्छ । तर वार्ता मार्फत समस्या समाधान गर्ने सके सबै भन्दा राम्रो हुनेमा कसैको शंका छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image