कोरिया ओपन तेक्वान्दोमा नेपाललाई स्वर्णसहित दुई पदक
नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् ।
सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले फाइनलमा रसियाकी खेलाडीमाथि ३०–८ को फराकिलो जित हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले पदक जितेकी हुन् । पहिलो खेलमा बाई पाएकी निरिता सेमिफाइनलमा कीर्गिस्तानकी खेलाडीसँग १२–१० ले पराजित भएकी थिइन् ।-हाम्रो खेलकुद