एसियाली अर्थतन्त्रमा मर्सले असर नपार्ने कोरियाली राष्ट्रपतिको भनाइ, मर्नेको संख्या ८
ऐश्वर्य श्रेष्ठ,सोल-
दक्षिण कोरियामा हालसम्म मर्स भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसको कारण संक्रमित हुनेको संख्या भने मंगलबारसम्ममा ९५ जना पुगीसकेको छ ।
महामारीरुपमा फैंलिरहेको यो रोगले दक्षिण कोरियाको विभिन्न शहरहरु प्रभावित भएका छन् । कोरियामा मे २०मा पहिलोचोटी मर्स बिरामी भेटिएको थियो ।मर्स लागेको बिरामीको संसर्गबाट लाग्ने यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ ।मर्स लागेका आफन्तको सम्सर्गमा रहेका २८ सय ९२ जनालाई मर्स लाग्न सक्ने आशंकामा छुट्टैं राखिएको छ ।
त्यसैंबीच कोरियाको राष्ट्रपति पार्क गुन हयेले मर्सको कारण एसियाको अर्थतन्त्रममा कुनैं असर नगर्ने बताइन् । पर्यटन,खुद्रा व्यापार तथा अन्य क्षेत्रमा असर पुगेको विज्ञहरुले गुनासो पोखेपछि जवाफमा सो कुरा पार्कले बताएकी हुन् ।
यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ । मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो । श्वासप्रश्वासबाट सर्ने यो रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ ।
यो रोगको लक्षण भने ज्वरो आउने, खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो समेत हुने गर्दछ । हालसम्म यो रोगको कुनैं औंषधी पत्ता लागेको छैंन् भने यो रोग लागेपछि बिरामीको मृत्यु हुने सम्भावना ४० प्रतिशत भन्दा बढी रहेको छ ।