एफएनजे कोरियाले परोपकारी कोषको शुरुवात गरे
सोल
नेपाल पत्रकार महासंघ (एफएनजे) कोरियाल शाखाले कोरियामा रहेका नेपालीहरुलाई आपत विपत परेको बेला सहयोग गर्ने परोपकारी कोषको शुरुवात गरेको छ । नेपाली कथानक चलचित्र जात्रा प्रर्दशन गरी प्राप्त रकमबाट सो कोषको स्थापना गरिएको हो । तग आइतबार सोलमा सम्पन्न बैठकले सो निर्णय गरेको छ ।
बैठकमा गत जनवरी र फेब्रवरी महिनामा प्रर्दशन गरिएको चलचित्र जात्राको आर्थिक विवरण प्रस्तुत गर्दै बाँकी १ लाख ३४ हजार वन सो कोषमा राखी शुरुवात गरिएको छ । यस कोषलाई कोरियामा रहेको विभिन्न संघसंस्थासंग समुन्वय गरी अगाडी बढाउने अध्यक्ष खेम कार्कीले बताए ।
त्यसैगरी बैठकले कोरियामा संचालित मिडियालाई ५१ हजार वन प्रवेश शुल्क लिइ महासंघको सदस्य बनाउने निर्णय गरे । साथै जुलाई २३ तारिख अधिवेशनको संघारमा रहेका नेपाली सम्पर्क समितीको भावी योजना र नयाँ नेतृत्व बारे अन्तरकृया कार्यक्रम गर्ने भएका छन् ।