जेजुमा एक नेपालीको झुण्डिएर मृत्यु
सोल
कोरियामा फेरी एक नेपाली युवाले झुण्डिएर ज्यान गुमाएका छन् । इपिएसबाट कोरिया आएको २ महिना पनि नपुगेका स्याङजा वालिङका रामचन्द्र पंगेनी बुधबार विहान भुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी जेजु टापुमा घोढा तबेलामा काम गर्दै आएका थिए ।
मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । जेजु नेपाली कमिटीका अध्यक्ष सुभद्रा लिम्बुका अनुसार पंगेनी करिब दुई हप्तादेखि नेपालमा रहेको प्रेमिकाले अर्कै संग विवाह गरेपछि तनाबमा रहेका थिए रे । संगै काम गर्ने साथीका अनुसार प्रेमिकाको विवाह हुने अघिल्लो रातभर उनी रोएका थिए । अन्दाजी २६ वार्षिय पंगेनीले कागजमा सायरी लेख्दै विछोडको पीडा पोख्ने गरेका थिए ।
नेपाल परिवारमा उनको निधन बारे खबर भइसकेको छ । कोरियामा काम गर्न आएका नेपाली युवाहरुले विभिन्न समयमा आत्मा हत्या गर्दै आएका छन् ।