सीप बिल्डीङ कम्पनीबाट भुकम्प पिडितलाई ११ लाख
फोनिज कोरिया संवाददाता
सोल- नेपालमा गएको भुकम्पबाट पीतिलाई सहयोग गर्न कोरियाको डेउ सीप बिल्डीङ मारिन एण्ड ईन्जीनीयरिङ कम्पनिमा कार्यरत नेपालीहरुले ११ लाख रुपैयां संकलन गरेर बितरण गरेका छन् । गजेदोमा रहेको सो कम्पनिमा कार्यरत ६ सय ५० जना नेपाली कामदारहरुले सो रकम जम्मा गरेर पीडित परिवार र प्रधानमन्त्री रहतकोषमा जम्मा गरेका हुन् ।
राहत संकलनका लागि मनोज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय राहत संकलन सहयोग समिति गठन गरिएको थियो । संकलित रकम मध्य १ लाख ५० भुकम्पमा परि परिवारका सदस्य गुमाएका सोही कम्पनीमा कार्यरत सिन्धुपाल्चोकका पुर्णबहादुर तामाङलाई प्रदान गरिएको र १ लाख ४० हजार कम्पनीमा कार्यरत बिश्वास ब्लोनले सिन्धुपाल्चोकको महांकाल ७ मा प्रत्यक्षरुपमा राहत बितरण गरेका थिए ।
यस बाहेका बाकी रहेको ८ लाख ५६ हजार रुपैयां प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको त्यहाँ कार्यरत आरसी अधिकारीले जानकारी दिए ।