झापा मिलन समाज कोरियाको ५ओ अधिबेशन अगष्ट ६ मा हुने
सुवन
कोरियामा रहेका झापालीहरुको साझा सस्था झापा मिलन समाजको ५ ओ अधिबेशन यहि २०१७ अगस्ट ६ तारिक दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने निस्चित भएको छ ।
अधिबेशनलाई सब्य भब्य र ब्यबस्थित र प्रचार प्रसारको लागी समाजका बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापाको सम्योजकत्बमा अधिबेशन ब्यबस्थापन समिति गठन गरिएको छ । जसमा सचिब सुशिल मैनाली , सुरज केशी , युबराज दाहाल , नरहरि फुँयाल, आनन्द अधिकारी , यूवराज चाँपागाँई, पुस्कर श्रेस्ठ , मंगल सुब्बा , सुरेन्द्र नाल्बो , अजय श्रेष्ठ , खेमराज लुईटेल , ओम प्रकास पाठक , लगाएत कार्यसमितिका सदस्यहरु रहेका छन् ।
२००७ मा स्थापना भएको समाजले कोरियाको नेपाली समुदायहरुमा आफ्नो अमुल्य सहभागिता जनाउदै आएको छ । बिगत पाच बर्षदेखी आपत बिपतमा परेको नेपालीहरको लागि सुवनमा आफ्नै घर लिई पाथिभरा हाउस सेल्टर संन्चालन गरदै आएको छ ।
समाजले एक बर्षअगि कन्काई साङ्गितिक सौगात नामक सास्कृतिक कार्यक्रम भब्यरुपमा सफल गरेको थियो भने विभिन्न संस्थासंग समुन्वय गर्दै आएको छ ।
अधिबेशन लाई भब्य सब्य बनाउनको कोरियामा रहनुहुने संध सस्थाका प्रतिनिधिहरु र सम्पुर्ण झापालीहरुलाई उपस्थित भई दिनुहुन झापा मिलन समाज परिवार हार्दिक अनुरोध गर्दछ ।
मिति – २०१७ अगस्ट ६ तारिक आईतबार
स्थान – नेपाल हाउस दोङ्देमुन
समय – दिनको ठिक १२ बजे