Advertisement
SKIP THIS

न्यूयोर्कमा तेस्रो पटक ट्राभेलिङ किम्फ, पाँच वृत्तचित्र प्रदर्शन


पाँच वटा फरक किसीमका मौलिक कथावस्तुमा आधारित वृत्तचित्र देखाउदै काठमाण्डौ माउन्टेन फिल्म फेष्टिबल, घुम्ती किम्फ न्यूयोर्कमा यही जुलाइ ८ तारीक सम्पन्न भयो । हिमाल एशोसिएन, नेपालको आयोजना र न्यूयोर्कमा प्रकाशन हुने एभरेष्ट टाइम्स् पत्रिकाको सह-आयोजनामा तेस्रो पटक न्युयोर्कमा घुम्ती किम्फको देखाईएको हो । सन् २०१५ मा घुम्ती किम्फको अन्तराष्ट्रिय संस्करण हङकङबाट शुरु गरिए यता न्युयोर्कमा पनि हरेक बर्ष सह-आयोजना गर्दै आएको एभरेष्ट टाईम्सले जनाएको छ । घुम्ती किम्फ मार्फत नेपाली जनजीवन तथा मौलिक कला संस्कृतिमा आधारित रहेर बनाईएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक सँस्थाका आङछिरिङ शेर्पाले बताए । उनका अनुसार यो पटकको घुम्ती किम्फ प्रदर्शनीबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बु स्थित एक विद्यालयलाई सहयोग गरिने छ । बिगत बर्षहरुमा आयोजित घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चाँगेस्थान माध्यमिक विद्यालय केरुङ र सल्लेरीको सेर्गा वागाम प्राथमिक विद्यालयलाई सहयोग प्रदान गरिएको थियो ।

घुम्ती किम्फको तेस्रो संस्करणमा पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी‘, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेले ‘वियोण्ड द हृवाइटक्यान‘, ज्योति केशरसिंह ठकुरीको ‘भुषको लोग्ने‘, घनश्याम खतिवडाको ‘बाह्रखरी लौरो‘ र रघुवर नेपाल र शिवशरण कोइरालाकेा ‘मेला‘ प्रदर्शन भए । ‘इन सर्च अफ देउकी’मा विगतमा सुदुर पश्चिममा बिद्यामान देउकी प्रथा लगायत मन्दिरमा चढाइएका देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन भन्ने बिषयलाई उठान गरिएको छ । कानुनले देउकी प्रथालाई हटाए पनि समाजमा यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा यो वृत्तचित्रले देखाएको छ ।

दृष्टिविहिनको संघर्ष र आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ‘वियोण्ड द हृवाइट क्यान’मा समेटिएको छ । दृष्टिबिहीन भए पनि अरु सपांग जस्तै आफनो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले निकै मन छोएको सहभागीहरुले बताए । महिलाको पाठेघर खस्ने समस्यालाई ‘भुसको लोग्ने’ मार्फत ज्योती केशरसिंह ठकुरीले देखाएको छ । यसमा रोग लुकाएर बसेमा जटिल समस्या निम्तने तर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझाव दिएको छ । अपांगता भएर पनि एक शिक्षकले शिक्षाको ज्योति फैल्याउनका लागि गरेको योगदान र उनको क्षमताको बारेमा निर्मित वृत्तचित्र ‘बाह्रखरी लौरो’ले शिक्षाको ज्योति फैल्याउँनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिक्कै सक्षम र सफल हुन्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । त्यस्तै, जम्मा आठ मिनेटको ‘मेला’ वृत्तचित्रमा चाही बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलामा हुने पशुवलीको बारेमा कलात्मक तरीकाले देखाइएको छ । हजारौ मारिएका पशुहरु बिचमा बचेको एउटा कलिलो राँगाले निकालेको आवाजलाई प्रतिकात्मक बनाईएका ‘मेला’ले धार्मिक मान्यताको आधारमा गरिने पशुवलीको समस्यालाई उठाएको छ ।

घुम्ती किम्फ मार्फत नेपालको यथार्थ जनजीवनलाई प्रवासमा अनुभूत गर्न पाएका दर्शकहरुले वृत्तचित्रहरुले नेपाल सम्झाएको बताए । युवा नुरुमान राईले वृत्तचित्र हेरेपछि जीवनमा सँघर्ष र सफल्ताको प्रेरणा मिलेको जीवन प्रति निराशा बोक्नेहरुले हेर्नु पर्ने बताए । चलचित्रमा जस्तो काल्पनिक्ता नभै वृत्तचित्रमा वास्तविक जिवन कथा भएकोले बढी यथार्थता बोकेको अनुभूती शेर्पा किदुगका पुर्व महासचिव जाङबु शेर्पाले गरे । नेपालमा किम्फ नछुटाई हेर्ने पत्रकार मच्छे गुरुङले न्युयोर्कमा घुम्ती किम्फ मार्फत समसामायिक विषयवस्तुमा निर्माण गरिएका वृत्तचित्रहरु हेर्न पाउँदा खुशी लागेको बताईन् । घुम्ती किम्फको न्युयोर्कमा शुरुवती देखि नै काम विशेषले उपस्थित हुन नसके पनि घुम्ती किम्फको अवधारणा चित्त बुझेकोले  हरेक पटक केहि टिकेट खरीद गरी सहयोग पुराउँने पद्मा लिंखा मगर र दुर्लभ मगरले किम्फ मार्फत प्रदर्शन हुने वृत्तचित्रहरु निश्चित समयमा सप्ताहको कुनै दिन प्रदर्शन गर्न सके धेरै छुटेका दर्शकहरु लाभन्वित हुन सक्ने विचार पत्र मार्फत राखेका छन् ।

यसैबीच, घुम्ती किम्फ यो वर्षबाट अमेरिकाको क्यालिफोर्निया, टेक्सास लगायतका अन्य राज्यहरुमा समेत आयोजना हुने स्थानीय आयोजक सँस्थाकाका तेम्बा दोङबा ह्योल्मोले बताए । नेपालमा बर्षेनी डिसेम्बर महिनामा आयोजना हुने किम्फमा छनौटमा परेका लामो छोटो अवधिका फरक वृत्तचित्रलाई आयोजक हिमाल एशोसिएन, नेपालले घुम्ती किम्फको रुपमा विगत केहि बर्ष देखि नै राजधनी बाहिरका शहरहरुमा प्रदर्शन गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...