कोरियामा दूताबास आइतबार पनि खुल्ने भएपछि नेपालीहरु खुशी
सोल
दक्षिण कोरियामा रहेका धेरै नेपालीहरुको मागलाई पुरा गर्दै सउल नेपाली राजदूताबास आइतबार साप्ताहिक विदाको दिन पनि खुल्ने भएको छ । आइतबार दूतावासमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा नव नियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले सो घोषण गरे ।
कोरिया आउनसाथ नेपालीहरुबाट आइतबार दूतावास खोल्न आग्रह आएकाले कामदारकोे सुविधालाई ध्यानमा राखी सो दिन दूतावास खोल्ने निर्णय गरेको राजदुत सिंहले बताए । परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशनको आवश्यक्ता नपर्ने, दूताबासलाई कसरी चलाउने आप्mनै जिम्मामा भएकाले अन्य कर्मचारीसंग सल्लाह गरी सोे निर्णय गरिएको राजदूत सिंह थपे ।
आइतबारको साटो शुक्रबार विदा गरिने भएकाले अब आइतबारदेखि विहीबारसम्म दूताबास खुला रहेन छ । यसभन्दा अघि दूताबासले कोरियाको सरकारी नीति अनुसार शनिबार र आइतबार साप्ताहिक विदा मनाउदै आएको थियो ।
कोरियामा अधिक्तम संख्यामा रहेका इपिएस कामदारहरुले आइतबार विदाको दिन दूताबास बन्द हुने भएकाले धेरै कठिनाई झेल्नु परेको गुनासो गर्दै आएका थिए । दूताबास जानकै लागि कम्पनीमा विदा लिनु पर्ने र विदा लिए बापत कतै तलब समेत कटाउने गुनासो सहित कामदारहरुले आइतबार दूताबास खोल्न माग गर्दै आएका थिए ।
आइतबार दूताबास खुलेपछि नेपाली कामदार र विद्यार्थि तथा कोरियन नागरिक थप लाभाविन्दीत हुने भएका छन् । दूताबासको यो कदमलाई सकारात्म रुपमा लिएका प्रवासी मजदुर युनियन (एमटियु) का प्रचार प्रसार विभाग प्रमुख मधुसुदन ओझाले दूताबासले गरिने कार्यक्रममा मजदुर प्रतिनिको सहभागिता कमी भएको गुनासो गरे ।
कोरिया आएको महिना दिन भित्रै राजदूतबाट गरिएको यो कदमलाई कोरिया स्थित नेपालीहरुले स्वागत गरेका छन् । हप्ताभरी अध्ययन र अनुसन्धानमा व्यस्थ विद्यार्थिलाई आइतबार दूतावास खोल्दा धेरै सजिलो हुने विद्यार्थि संघका पूर्व अध्यक्ष विमल सुवेदीले बताए ।