प्रथम खप्तड कपको उपाधी लमजुङलाई


सोल,
सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक  फाइनल खेलमा मगर एफसीलाई शुन्यको विरुद्ध एक गोलले पछि पार्दै लमजुङ एफसी उपाधी रक्षा गर्न सफल भएको हो ।
खेलको सुरुवातीमै लमजुङ एफसीका कप्तान रमेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाटै थुप्रै प्रहार भए पनि गोल हुन नसकेपछी मगर एफसी उपविजेतामा चित्त बुझाउन बाध्य रह्यो ।
सेमिफाइनलमा लमजुङ एफसीले मनाङ एफसीलाई पेनाल्टी सुटमा र मगर एफसीले धरान एफसीलाई पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका थिए । उपाधीसंगै लमजुङ एफसीले नगद २२ लाख वन, ट्रफी,मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता मगर एफसीले नगद १२ लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा लमजुङ एफसी २ विधामा पुरस्कृत हुँदा मगर एफसीका खेलाडी अनमेश खडकीले उच्च गोलकर्ता भएर ट्रफी र प्रमाणपत्र हात पारे । उत्कृष्ट खेलाडी लमजुङ एफसीका कप्तान रमेश गुरुङ र उत्कृष्ट गोलकिपर लमजुङकै छिरिङ तामाङ घोषित भएका थिए ।
सबै विधाका उत्कृष्टहरुले ट्रफी र प्रमाणपत्र हात पारे । विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि नेपाली दूतावास कोरियाका नवनियुक्त राजदुत अर्जुनजंग बहादुर सिंहले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहेको थियो । खेल सोयोसन खेल मैदानमा जुलाई १६ मा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...