नेपालका चर्चित राष्ट्रिय खेलाडीको आतिथ्यतामा कोरियामा सर्वाधिक पुरस्कार राशिको ‘नेपाल कप’ फुटबल आयोजना हुने
सोल, नेपाली युवाहरुको रोजगारीको आकर्षक प्रवासी मुलुक दक्षिण कोरियामा नेपाली फुटबल क्लब बिचको फुटबल प्रतियोगिताहरु मध्ये अहिले सम्मकै सर्वाधिक लोकप्रिय र ठुलो धनराशि पुरस्कार भएको ‘नेपाल कप’ फुटबल आयोजना हुने भएको छ । कोरियन पर्व छुसकको अवसर पारेर नेपाल मगर संघ दक्षिण कोरियाल अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिको ूनेपाल कपूफुटबल आयोजना गर्न लागेको हो ।
नेपाली समाज, खेलकुद लगायत बिभिन्न सामाजिक क्रियाकलापमा अग्रणी भुमिका निभाउदै आएको नेपाल मगर संघ दक्षिण कोरियाले अक्टोवर ५ तारिकका दिन उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पछिल्लो चरणमा कोरियामा नेपाली समुदाय बीच फुटबल प्रतियोगिता लोकप्रिय बढे संगै शारीरिक, मानसिक तन्दुरुस्ताको खेललाइ अझ फरक र भावनात्मक ढंगले आयोजना गर्न लागिएको संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ । पहिले पहिले हुने गरेका प्रतियोगिताहरु भन्दा फरक किसिमले गर्न लागिएको प्रतियोगितामा नेपालबाट अहिले सर्वाधिक चर्चामा रहेका राष्ट्रिय फुटबल खेलाडी पनि अतिथिको रुपमा खेलमा निम्त्याउन लागिएको अध्यक्षले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा दर्शकहरुलाइ बिभिन्न गीत , नेपाली स्वादका परिकारका स्टल र अन्य रमाइला खेलहरुले भरपुर मनोरञ्जन दिलाउने संघका प्रमुख सल्लाहकार होबीर थापा मगरले जानकारी दिनुभएको छ । प्रतियोगिता सभ्य,भव्य बनाउन प्रारम्भिक तयारी पुरा भइसकेको र बिस्तृत जानकारी छिट्टै दिइने अर्का सल्लाहकार अशोक बुढा मगरले बताउनु भयो । पुरस्कार, प्रतियोगिता स्थल,रमाइलो कार्यक्रम स्वरुप तयारीका लागि निम्न प्रारम्भिक समिति गठन गरिएको संघका सचिव तथा प्रचार प्रसार बिभाग प्रमुख टेक पुन मगरले जानकारी दिनुभएको छ ।