कोरियामा राजदूत सिंहले मंगलबार ओहदा बुझाउदै इपिएस कोटा बढाउन अनुरोध गरे


सोल

दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार कोरियाली राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रममा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएको दूताबासले जनाएको छ ।

दूताबासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरे अनुसार राजदूत सिंहले इपिएस कामदार बृद्धी गर्न राष्ट्रपति मुनलाई विषेश अनुरोध गरे । उहाँले कोरियाले नेपालका विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यवाद सहित विषेश गरी उर्जा क्षेत्रमा कोरियन लगानी भित्राउन आग्रह गरे । राजदूत सिंहले आपसी सहयोगमा दुई देशको मैत्रिपुर्ण सम्बन्धलाई अझ बृद्धी गर्न उत्साहित रहेको भन्दै राष्ट्रपतिलाई स्वागत गर्न नेपालीहरु आतुर रहेको धारणा राखे । उहाले नेपालका राष्ट्रपति विधादेवि भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपालको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

भेटमा राष्ट्रपति मुनले गत बर्ष नेपालको नुवाकोट जिल्ला भ्रमण गरेको स्मरण गर्दै भुकम्पीय क्षतिको पुननिमार्णमा विषेश चासो राखेका थिए । नेपाल र नेपालीहरुको मयाले आफू अनुग्रहित भएको बताउदै कोरियामा नेपाली इपिएस कामदारले इमानदार र अनुसाशित भई कडा मेहनत गरिरहेको प्रसंशा समेत गरेका थिए ।

कोरियाको विदेश मन्त्री खाङ ग्यांग ह्वाको समेत उपस्थितीमा आयोजित कार्यक्रममा कोरियाका राष्ट्रपति मुनले नेपाल लगायत पाँच देशका नव नियुक्त राजदूतहरुको ओहदाको प्रमाणपत्र बुझेका थिए । जसमा उजवेकस्थान, पाकिस्थान, इन्डोनेसिया र मेक्सीका राजदूतहरु रहेका थिए । अन्य देशका राजदूतलाईभन्दा नेपाललाई बढी समय दिएका राष्ट्रपति मुन नेपाल भ्रमणप्रति सकारात्मक रहेको राजदूत सिंहले बताए ।

कोरिया आएका एक महिनापछि राजदूत सिंहले ओहदा बुझाएका हुन् । कोरियमा एकै पटकमा चार देशका नयाँ राजदूतहरुको ओहदा बुझ्ने नीति भएकाले ढिला हुन गएको हो । मंगलबार राष्ट्रपति भवनमा दूताबासका उपनियोग किरण शाक्य , दितीय सचिव उद्धब न्युपाने र राजदूत सिंह पत्नी महेश्वरी सिंह र छोरीको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...