बाग्लुङ घर भइ हाल दक्षिण कोरियाको गजेदो छेत्रमा कार्यरत नेपालिहरुले बाग्लुङ समाज गजेदो गठन गरेका छन । गत १६ तारिख आइतबार बसेको भेलाले तुलसिराम पौडेलको सन्योजकत्वमा ११ सदस्यिय प्रारम्भिक तदर्थ समिती गठन गरेको हो ।
भेलामा त्यस छेत्रमा रहेका बाग्लुङ जिल्ला घर भइ हाल कार्यरत नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नबगठित तदर्थ समितिमा भुमिराज सापकोटा अध्यक्ष, तुलसिराम पौडेल उपाध्यक्ष , टिकाराम उपाध्याय सचिव , भरत थापा सह- सचिव, खगराज शर्मा कोषाध्यक्ष र नर बहादुर राना , गणेश मल्ल, उमेश आचार्य,राम बहादुर नेपाली , बिष्णु सुवेदी र सन्तोष न्यौपाने सदस्य रहेका छन ।