सौल, आगामी जुलाई २९ तारिक शनिबार बेलुका आयोजना गर्न लागेको बेलुन पार्टिको सम्पूर्ण तयारी पुरा भएको नेपकोर जनाएको छ । कार्यक्रम सौल दोङ्देमून हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यू छोंजी होटलमा आयोजना हुनेछ ।
सो होटलमा यस अघि नेपकोरले ट्यान्क टप डान्स र मास्क पार्टीको आयोजना गरेको थियो । कार्यक्रम हल बेलुनको सजावट सहित बेलुन रेन ड्र्पको मजा लिदै भिन्न खालको बेलुन पार्टीको मजा लिन सकिने आयोजक नेपकोरले बताएको छ ।
कोरियामा रहने पार्टी प्रेमी सबैलाई उपस्थित हुन अनुरोध गरेको छ । उक्त इभेन्टलाई सफल पार्न को लागी कोरियामा कृयाशिल फन लभर्स ग्रुपले प्रचार प्रसार सहयोगीको रुपमा आफ्नो ग्रुप मार्फत प्रोमोसन फोटो शुट सार्वजनिक गरेको छ । कोरियामा युवाहरुको समुहले गर्ने हरेक कार्यक्रमलाई एक आपसमा हातेमालो गर्दै सफल पार्ने भावनाका साथ फन लभर्स ग्रुपले साथ दिएको हो ।