Advertisement
SKIP THIS

लोकगीतमा समय अनुसार थोरै प्रस्तुती र मौलिकतामा फरकपन आएको हो – गायिका मुना थापा मगर


गोर्खा जिल्लाको मनकामना जन्मिएकी मुना थापा मगर लोक दोहोरी क्षेत्रको प्रयावाची नाम हो | २०६० सालमा ”केबलकारमा गेट ” बोलको गीतवाट सांगेतिक यात्रा थालेकी मगरले अहिलेसम्म २००० हजारको हाराहारी गीतमा स्वर आफ्नो सुमधुर स्वर भरिसकेकी छिन | ”चिसो चिसो हावा सरर ” , ”तिते करेली” जस्ता लगायतका दर्जनौ हित गीतहरु पस्कि सकेकी मगर अहिले देश , विदेशमा कन्सर्टमा ब्यस्त हुने गायिका मध्यका एक हुन् | अहिलेसम्म हंगकंग , युके, बेल्जियम, पोर्तुगत, दुबई, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, कतार, अष्ट्रेलिया, जापान लगायत देशहरुमा पुगेर आफ्नो सुरिलो भाका मगरले पस्कि सकेकी छिन | पछिल्लो समयमा लोक दोहोरी क्षेत्रको अवस्था कस्तो छ र लोक दोहोरी गीतको नाममा छाडा गीतहरु बजारमा आएको गुनासो सुनिने गरेको छ | यसैको सेरोफेरोमा रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले थापा मगरसंग गरेको कुराकानी :-

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

 

गत बैशाख १२ मा प्रलयकारी भुकम्प गयो | त्यसपछि पिडितहरुसँग दु:ख साट्न गाऊगाऊ पुगे र अझै पनि अस्थाई बासस्थानको लागि जुट्दैछु साथै आफ्नो ज़िन्दगी पनि गुजारा गर्नुपर्यो त्यसको लागि गीत गाउने र रेकर्डिङमा पनि समय दिने गरेकी छु । अचेल यिनै काममा ब्यस्त छु ।

 

अहिले नेपाली संगीतको अवस्था कस्तो छ ?

 

नेपाली संगीत बजार समग्रमा अहिले राम्रै छ । भुकम्प पछि अलि सुस्ताए पनि अहिले दिन प्रतिदिन सुध्रिदै गईरहेको छ ।

 

अचेल ठेट लोक भाका सुन्न पाइदैन भन्ने सुनिन्छ नी?

 

सुन्नै पाईदैन भन्ने त होईन समय अनुसार दर्शक तथा स्रोताको माग अनुसार अलिकति प्रस्तुती र मौलिकतामा फरक त पक्कै आएको छ ।

 

गाउनुको अलावा के गर्नु हुन्छ ?

 

गीत रेकर्डिङमा र स्टेज कार्यक्रमहरुमै सम्पुर्ण समय दिनु पर्ने भएकोले गाउने अलवा अरु खासै केही काममा समय दिन भ्याएकी छैन ।

 

गायनमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भो ?

 

लोकगीतको उर्भरभूमी गण्डकी अञ्चलमा जन्मिएकी मान्छे म सानै देखि लोकगीत प्रति रुचि थियो । सानै देखि लोकगीत सुन्ने र गुनगुनाउने मान्छे म अग्रज कलाकारहरुले गीत गाएको देख्दा त्यस्तै कलाकार बन्ने सोच आउथ्यो | आमा, बाबा लगायत घर परिवार र गाउकै गायक भेनाले पनि धेरै सपोर्ट गर्नु भयो | अहिले म सबै सामु मुना थापा मगर बनेर चिनिन सफल छु |

 

पछिल्लो समय लोक दोहोरीको नाममा छाडा गीत बढ़ी आए भने आरोप पनि लाग्ने गरेको छ नी ?

 

एक दुई गीत त्यस्तो पनि आएको मैले पनि महसुस गरेकी छु । यसमा सबै कलाकार र सर्जकको मात्र दोष छैन । अहिले बजारमा त्यस्तै गीतलाई बढि प्राथमिकता दिईन्छ । मेरै कुरा गरौ मैले स्टेजमा चिसो चिसो हावा सरर गाउदा निदाउनु हुने दर्शकहरु त्यस्तो खालको गीत गाउदा उफ्रेर स्टेज नै भाच्छन । अब त्यस्तो गीतलाई छाडा भन्ने कि दर्शकको माग ?

 

अब त घरजम गर्ने बेला भएन र?

 

बेला त भयो तर घरजमको कुरा आफ्नो हातमा हुन्न जस्तो लाग्यो | त्यसैले यसको लागि लगननै कुर्नु पर्ला जस्तो छ ।

 

संगीतमा लागेर के पाउनु भो ?

 

संगीतमा लागेर नै लोक गायिका मुना थापा मगर भनेर सम्पुर्ण लोक दोहोरी प्रेमी नेपालीहरु सामु चिनिन पाएकी छु । यो भन्दा ठुलो खुशीको कुरा अरु के हुन् सक्छर |

 

पछिल्लो समयमा लोक दोहोरीको अवस्था सन्तोषजनक छैन भनिन्छ नी?

 

समग्रमा भन्नु पर्दा लोकदोहोरीको अवस्था सन्तोषजनक नैं छ । पछिल्लो समयमा एल्वम बिक्रीमा कमि आएको चाहि पक्कै हो |

 

गायनमा आउन चाहने नयाँ पिढीलाइ के भन्नु हुन्छ ?

 

नयाँ पिढीलाई सकेसम्म गीत, संगीत सम्बन्धी बुझेर र सिकेर आउन आग्रह गर्दछु ताकि पछि यसै क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न सकियोस ।

 

अन्त्यमा केही भन्न चाहनु हुन्छ की?

 

मेरो स्वरलाई मन पराई मलाई यति धेरै माया गर्नु हुने हजुरहरु सम्पुर्ण दर्शक तथा स्रोताहरु प्रति सदा आभारी रहने छु | साथै धेरै धेरै धन्यबाद दिन पनि चाहन्छु । आगामी दिनहरुमा पनि मेरो सृजना र म प्रति यस्तै मायाको अपेक्षा गर्दछु । साथै मेरो केही कुराहरु दर्शक र शुभचिन्तकहरु समक्ष पुर्याउन सहयोग गर्नुहुने फोनिज कोरियालाई धेरै धेरै धन्यवाद |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...