Advertisement
SKIP THIS

स्व. दिल बहादुर घरब्जा स्मृतीकप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक


 

छन्त्याल परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागेको स्व. दिल बहादुर घरब्जा स्मृतिकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज भएको खेलतालिका सार्वजनिक कार्यक्रममा प्रतियोगिताको तयारीबारे जानकारी गराएको थियो ।

कुल १७ टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन स्याङ्जा परिवार र पुन समाजविचको खेलबाट हुनेछ । त्यसपछि ठकुरी समाजले युनिक भिजन ग्रुपको सामना गर्दा तमु धीँले मोना कोरियाको ए टिमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो चरणको खेलमा पर्वत समाज र दौंतरी ग्रुप, गुल्मी सम्पर्क समिति र मोना कोरिया बि , छन्त्याल परिवार ए र बी , सिहङ सी आन्सान र नमस्ते पाल्पा र बाग्लुङ सम्पर्क समिति र मोना कोरिया सी ले एकअर्काको सामना गर्नेछ भने अन्नपूर्ण दुधपोखरी समाजले सिधै बाई पाए ।

प्रतियोगिता आउँदो जुलाई 30 तारिखमा दोङ्देमुन छेयुक्वानमा हुनेछ । कोरियामा प्रायः जुलाई महिनाको अन्तिम साताबाट गर्मी बिदा शुरु हुने भएकोले यस प्रतियोगितामा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको पनि उपलब्धता रहने छन्त्याल परिवारले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...